शनिबार, बैशाख १५, २०८१

भैरहवामा भाद्र १८ गते सम्मका लागि निषेधित क्षेत्र घोषणा जारी

लुम्बिनी भाद्र १४, जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा तेस्रोपटक निशेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आइतवार देखि download (3)आगामी भाद्र १८ गते साँझ ६ः०० बजेसम्म लागु हुने गरि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।

जिप्रका रुपन्देहीद्दारा जारी विज्ञप्तिमा उल्लेखभए अनुसार भैरहवाको पूर्वमा बसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायादेवी चोक, उत्तरमा विद्युत् कार्यालय र दक्षिणमा बेलहिया वाइपास रोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

त्यस्तै प्रशासन कार्यालयका अनुसार निषेधित क्षेत्र घोषणा भएपनि यातायात, पसल, बजार भने सहजरुपमा सञ्चालन गर्न पाइने तर भैरहवा क्षेत्रमा सभा, जुलुस, पाँच जनाभन्दा बढी मानिस हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको जनाएको छ ।