शनिबार, बैशाख ८, २०८१

तनहुँमा बस दुर्घटना, एकको मृत्यु, १९घाइते

काठमाडौं भाद्र १२ , आज साँझ पोखराबाट मुग्लिनका लागि छुटेकोे ना।५ ख ७२२७ नम्बरको  यातायातको यात्रुवाहकबस तनहुँको छबिसेमा आज साँझ भएको tanahuयात्रुवाहक बस दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १९ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा जामुने–४ बस्ने २५ वर्षीय विष्णुबहादुर आले रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुने दुईजनालाई सेतीगङ्गा सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको र अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन ।