शुक्रबार, बैशाख १४, २०८१

टीकापुरको दुर्गौलीमा निषेधाज्ञाको अवज्ञा,प्रहरीले गोलीबाट देवकोटा घाइते

काठमाडौं भाद्र १० , टीकापुर दुर्गौली क्षेत्रमा जारी निषेधाज्ञाको अवज्ञा गर्दै हुलहुज्जतमा उत्रेपछि प्रहरीले चलाएको गोलीबाट कैलाली kailali_district_mapसुगरखाल गाविसका जगत देवकोटा घाइते भएका छन् ।  गोली लागेर घाइते भएका २० वर्षीय देवकोटालाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पु-याइएको र त्यहाँ उपचार संभव नभएपछि घाइते देवकोटालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख रहेको छ ।

त्यस्तै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षकलगायतका सुरक्षा प्रमुखहरूको टोली टीकापुर घटनाको अध्ययन र अवलोकनका लागि केहीबेरअघि टीकापुर पुगेको समाचारमा जनाईएको छ ।

घाइते हवल्दार नेगीको निधन
यसअघि थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । नेगीको नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा आज राति २ बजे निधन भएको प्रहरीले जनाएको छ ।