मङ्लबार, बैशाख ४, २०८१

चार बुँदे प्रतिवद्धता पछि बाँकेमा जारी आन्दोलन केहि खुकुलो गरिदै

बसन्त शर्मा / नेपालगञ्ज ,  भाद्र १०,   संयुक्त थरुहट मधेश संर्घष समिति बाँकेले अघिल्लो दिन गरेको सहमति चाडपर्वहरुलाई मध्यनजर गरी ११ र १२ गते आन्दोलन खुकुलो बनाउने निर्णय गरेको छ । सामाजिक तथा पेशागत संघ संस्था,नागरिक , आन्दोलनरत पक्ष र राजनीतिक दलहरुबीच ४ बुँदे प्रतिवद्धताको अभिव्यक्ति पछि आन्दोलन खुकुलो बनाउने निर्णय गरेको हो । बुधबार बसेको सर्वपक्षीय download (6)बैठकलाई कार्यान्वयन गराउने भन्दै संर्घष समितिले आज पत्रकार सम्मेलन गर्दै १३ गतेदेखि आन्दोलनलाई थप उर्जाकासाथ निरन्तरता दिने बताएको छ । त्यसैगरी बाँके जिल्ला अदालत बार तथा पुनरावेदन अदालत बार एशोसियशन नेपालगन्जको आयोजनामा विहिबार गरिएको प्रतिवद्धतामा ,सांस्कृतिक,पुरातात्विक,व्यापारिक र आर्थिक साधन श्रोतको उपलब्धताको दृष्टिकोणले नेपालगन्ज प्रादेशिक राजधानी बन्न सक्ने पूर्वाधारहरु भएकोले प्रादेशिक राजधानी बनाउन उल्लेख भएको छ ।

प्रतिबद्धतापत्रमा समाजमा शान्ति सुव्यवस्था कायम राख्न,शान्तिपूर्ण आन्दोलन ��र्न र सामाजीक सद्भाव तथा भाइचारालाई कायम राख्दै मानव अधिकार,बाल अधिकार समेतको सम्मान गर्ने उल्लेख छ ।   त्यस्तै  संयुक्त संर्घष समितिका प्रवक्ता पशुपति दयाल मिश्रा र सचिव ललित कुमार रौनियारले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विगतको सरकारले फाल्गुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग भएकोे ८ बुँदे सम्झौताबाट स्थापित संघीयता र स्वायत्ततालाई सम्बोधन गर्न भनिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संर्घष समितिबीच भएको कार्यगत एकता कायम गरि चितवद देखि कञ्चनपुर सम्मको थारु मधेशी वाहुल्य भएका जिल्लाहरुलाई जोडेर अवध थरुहट मधेश प्रदेश सहित नेपालगञ्जलाई प्रदेशको राजधानी बनाउने सहमति बमोजिम यो क्षेत्रमा आन्दोलन गरिरहेका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहट संर्घष समितिबीच भएको कार्यगत एकता आन्दोलनका दौरान कैलाललीमा भएको घट्नाको भत्र्सना गर्दै सामाजिक सद्भाव कायम राख्न आँफुहरु प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।