शुक्रबार, बैशाख १४, २०८१

चन्द्रनिगाहपुर र गौर नगरपालिका पनि दङ्गाग्रस्त क्षेत्र घोषित

काठमाडौं भाद्र ८,  जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिलाई साम्य पार्न चन्द्रनिगाहपुर सडकखण्ड तथा गौर नगरपालिका data data1क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ । सोमबार बेलुकी अबेरतिर गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ एक किलोमिटर सडक तथा गौर नगरपालिकाका सबै वडालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको हो । दङ्गाक्षेत्र घोषणापछि गौरमा ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न र पोस्टर तथ पर्चा लेख्न वा टाँस्न निषेध गरिएको छ । यी क्षेत्रमा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने तथा हिंसात्मक वा विध्वंसात्मक कार्य गरेको देख्नेबित्तिकै सुरक्षाकर्मीले गोली प्रहार गर्न सक्नेछन् ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आफ्ना विभिन्न मागलाई अघि सारेर सरकारी कार्यालय तोडफोड गर्ने तथा सरकारी कार्यालयमा गई मधेस सरकार लेख्नेजस्ता कार्य गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जातीय सद्भाव भड्काउने र साम्प्रदायिक सद्भावमा खलल पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ ।