शुक्रबार, बैशाख १४, २०८१

संविधान निर्माण प्रक्रियाको प्रसंगमा छलफल गर्नका लागि एमाले पोलिटब्युरो बस्दै

काठमाडौँ श्रावण ९, संविधान निर्माणलगायत विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । गत ज्येष्ठ २५ मा amale-office6चार दलबीच भएको १६ बुँदे सहमति र संविधानको मस्यौदा तयार भएपछिको अवस्थामा संविधान निर्माण प्रक्रियाको स्थिति, पार्टीको साङ्गठनिक नियमावली र भूकम्पपछिको पुनःनिर्माणका लागि सञ्चालित राष्ट्रिय स्वयंसेवक अभियानको समीक्षालगायतका प्रसंगमा छलफल गर्न भन्दै आज एमाले पोलिटब्युरो बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीपकुमार ज्ञवालीका अनुसार पोलिटब्युरो बैठकपछि यही श्रावण १० गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भएको छ । पार्टी कार्यालय भने धूम्रबाराहीमा एक हप्ताभित्र स्थानान्तरण गरिने बताइएको छ ।