शुक्रबार, बैशाख १४, २०८१

जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी : पूर्व प्रम ,डा.भट्टराई

   काठमाडौँ श्रावण  ९, एमाओवादीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको राजनीतिक प्रणालीलाई व्यवस्थित स्थिर बनाउँन डा बाबुराम भट्टराईले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । ललितपुरमा baburamआज आयोजित ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली’ विषयक अन्तरक्रियामा उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो । साथै नेता डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नयाँ संविधानमा गर्न सकियो भने नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न समेत सहज हुँने भन्दै  यसअघिको संसदीय व्यवस्थाले अस्थीरता, सांसद् किनबेच, आन्तरिक घातप्रतिघात र भ्रष्टाचारजन्य संस्कृति लाई प्रशया दिएको बताउँनु भएको छ ।

त्यस्तै जनभावना संकलनको क्रममा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी वा प्रधानमन्त्री नै उपयुक्त हुन्छ भन्ने सुझाव आएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्नेमा जोड दिईनु पर्नेमा उहाँको अभिमत केन्द्रीत रहेको थियो ।  त्यस्तैगरि अन्तरक्रियामा सभासद् रामहरि खतिवडा, पूर्व सचिव रामेश्वर खनाल, नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्ट, चिकित्सक डा भोला रिजाल, नायक राजेश हमाल, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायतले प्रत्यक्ष कार्यकारी प्रमुख नै मुलुकको लागि उत्तम हुने धारणा राख्नुभएको थियो ।