शुक्रबार, बैशाख १४, २०८१

एमाले पोलिटब्यूरो बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सवालमा छलफल

काठमाडौँ श्रावण ९, सत्तासाझेदार दल नेकपा एमालेको आज बसेको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष केपी ओलीले मुलुकको पछिल्लो राजनीतिक विकास र संविधान लेखनमा भएको प्रगतिसम्वन्धी लिखित प्रतिवेदन पेस गर्नुभएको छ । प्रस्तुत प्रतिवेदनमा प्रमुख दलहरुबीच amale-office6भएको सोह्रबुँदे सहमतिपछिको उपलब्धि स्वरुप संविधानको प्रारम्भिक मस्यौदा तयार भएको लगायतका विषयहरु समावेस गरिएको छ ।

त्यस्तै बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले एमालेले विगतदेखि नै उठाउँदै आएको जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा पार्टी स्पष्टरुपमा उभिनुपर्ने भनाई राख्नुभएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । त्यसै आइतबार बस्ने केन्द्रीय कमिटिको बैठकबाट पारित भएपछि १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता र अरु दलहरु समक्ष प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्बन्धी प्रस्ताव पार्टीले लिएर जाने तयारी एमालेले गरेको उहाँले जानकारी दिनु भएको छ । त्यस्तै सुझाव संकलनको क्रममा जनताबाट आएका सुझावलाई सकारात्मक रुपमा ग्रहण सुझावको आवश्यकता औचित्यको मनन गदै अगाडि जाने निर्णय गरेको छ ।