शुक्रबार, बैशाख ७, २०८१

जनसुझावलाई सम्बोधन गर्दै श्रावण २० मा संविधान जारी गर्ने चारदलको तयारी

काठमाडौ श्रावण ९ ,  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रवार साझ प्रमुख चार दलका नेतावीच संविधानको प्रारम्भिक मस्यौदा र sushil-kp-prachanda-bijayaजन सुझाव संकलनको क्रममा जनताबाट प्राप्त सुझावको प्रसंगमा केन्द्रीत बंठक सम्पन्न भएको छ । र्बठकमा विशेषगरि जनताबाट आएका सुझावलाई समेटेर श्रावणको २० गते सम्ममा कसरी संविधान जारी गर्ने लगायतका कार्यसूचीमा माथि छलफल भएको बुझिएको छ ।

त्यस्तै बैठकका बारेमा जानकारी दिँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको प्रारम्भिक मस्यौदा जनतामा लाने र सुझाव लिने कार्य अत्यन्तै उत्साहजनक र सकारात्मक ढङ्गले सम्पन्न भएको र प्रस्तावित मितिभित्रै संविधान जारी गर्ने विषयमा छलफल भएको जानकारी दिदै जनताको राय सुझावलाई सम्बोधन गरी मस्यौदालाई परिमार्जन र सुधार गर्न तत्काल राजनीतिक छलफल गरेर छिटो निष्कर्षको पहिभान गर्नु पर्नेमा छलफल भएको जानकारी दिनु भएको छ । त्यस्तै बैठकका बारेमा जानकारी दिँदै एमालेका नेता अग्नि खरेलले भने संविधानको मस्यौदामा सुझाव दिन जनताको उत्साहजनक सहभागिता भएको र सबै विषयलाई समावेश गरी यही रुावण २० गतेभित्रमा जारी गर्न संविधानसभाध्यक्ष संग कार्यतालिका मिलाउने विषयमा कुरा भएको जानकारी दिनुभयो ।

यसैबीच, चार दलको बैठक बस्नुभन्दा अगाडि बालुवाटारमै नेपाली काँग्रेस पदाधिकारी बैठक बसेको थियो । संविधानको मस्यौदामा जनताबाट आएका सुझावलाई कसरी समेटेर लैजान सकिन्छ भन्नेबारेमा चार दलको बैठकका लागि कार्यसूची तय गर्न बैठक बसेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु