शुक्रबार, बैशाख १४, २०८१

उपभोक्तालाई सहज तथा गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री डा.रिजालको आग्रह

 काठमाडौं श्रावण ७, विराटनगरमा नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले गुणस्तरीय, सुलभ र सस्तो मूल्यमा सेवा प्रदान गर्न नेपाल टेलिकम सदैव अग्रसर रहनुपर्ने बताउनुभएको छ । त्यस्तै उद्घाटन minendra-riajal-300x200-150x150कार्यक्रलाई सम्बोधन गर्ने क्रममा इन्टरनेटलगायतका सेवालाई टेलिकमले थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई औँल्याउँदै अन्य इन्टरनेट प्रदायक कम्पनीहरू पनि रहेकाले उपभोक्तालाई सहज र सुलभ सेवा प्रदान गर्दै टेलिकमको विश्वसनियतालाई कायम राख्न आग्रह समेत गर्नु भएको थियो ।

यसअघि भाडामा स१चालन हुँदै टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालयले १४ करोड ४६ लाख ४८ हजारको लागतमा निर्माण गरिएपछि अव आफुनै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।