बिहिबार, चैत्र १५, २०८०

१० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्त पक्राउ

काठमाडौं श्रावण ९, नवलपरासी प्रहरीले १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई पक्राउ ग आज सार्वजनिक गरेको छ । child-abuse-265_1297157565नवलपरासी प्रहरीलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार कपरमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बली दिने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजन र १८ वर्षीय विजय हरिजनलाई पक्राउ गरी सार्वजनिक गरिएको उल्लेख गरिएको छ । त्यस्तै निजहरुले गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको समाचारमा उल्लेख गरिएको छ ।