शुक्रबार, बैशाख १४, २०८१

सिम्रिकको ९एन एकेएफ कलसाइन हेलिकप्टर दुर्घटना, हेलिकप्टरमा सवार ५ यात्रु सकुशल

काठमाडौ आषाढ ७, सिम्रिक एयरको ९एन एकेएफ कलसाइन भएको हेलिकप्टर हेलिकप्टर आज गोरखाको साम्दो गाउँमा दुर्घटनामा परेको छ । गोरखा सदरमुकामबाट उडेको उक्त हेलिकप्टर उत्तरी क्षेत्रको विकट गाउँ साम्दोमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्राप्त समाचारमा उल्खेख रहेको छ । त्यस्तै हेलिकप्टर दुर्घटना भएपनि त्यसका चालक सुरेन्द्र पौडेलसहित हेलिकप्टरमा सवार ५ यात्रु सकुशल रहेका छन् थाहा भएको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सिलाई उदृत गर्दै प्राप्त उक्त समाचारमा हेलिकप्टरको पछाडिको भागमा आगो लागेको आगो के कारणले लागेको हो भन्ने कुरा अहिलेसम्म खुल्न नसकेको उल्लेख रहेको छ ।