शनिबार, बैशाख १५, २०८१

मोबाइल चार्ज गर्दा मृत्यु

काठमाडौं आषाढ ८ ,आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा विद्युत चुहिई रिसिङ गाविस वडा नं ६  गोर्दीका ४० वर्षीय दिलबहादुर रानाको मृत्यु भएको छ ।  मध्याह्न करिब १२ बजे मोबाइल चार्ज गर्दा करेन्ट लागेर सख्त घाइते भएका रानाको उपचारका लागि भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको इ लाका प्रहरी कार्यालयले जनाएको छ ।