बिहिबार, बैशाख २७, २०८१

पहिरोमा परी दुई चिकित्सकको मृत्यु , दुईको सकुशल उद्धार

बुटवल अषाढ २ ,  पाल्पाको सिद्धबाबा क्षेत्रमा सडक माथिबाट खसेको  पहिरोमा पुरिएर दुई चिकित्सकको मृत्यु भएको छ । अन्य दुई चिकित्सकलाई भने प्रहरीले सकुशल rupandehi_districtउद्धार गरेको छ ।   पाल्पाबाट बुटवल फर्कदै गरेको लुम्बिनी मेडिकल कलेजमा कार्यरत चिकित्सक सवार लु१च १७० नम्बरको भ्यान आज अपराह्न सिद्धबाबा क्षेत्रमा सडक माथिबाट झरेको पहिरोमा पुरिएको  प्रहरीले जनाएको छ  ।

भ्यानमा सवार डा टिडिएस कोचर र उहाँकी श्रीमती डा यशोदा कोचरको घटनास्थलमै मृत्यु भएको हो । सकुशल उद्धार गरिएका घाइते डा जमिन अख्तर मिक्रानी र डा प्रतीकको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।