शनिबार, बैशाख १५, २०८१

साँझ बसेको चारदलको बैठक आइतबार बिहान बस्ने गरि स्थगन

काठमाडौ आषाढ १२, संविधान मस्यौदाको कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर देखिएको असहमतिमा सहमति खोन्ज भन्दै आज प्रम निवासमा अपरान्ह  बसेको चारदलको बैठक विना सहमति टुङगिएपछि पुन साँझ बसेको बैठकले संविधान लेखनमा देखिएका असहमतिका विषयलाई सहमतिमा रुपान्तरण गर्न थप छलफलको आवश्यकता रहेको ठहर गर्दै आइतबार बिहान पुनः छलफल गर्ने गरी बैठक स्थगित गरिएको छ ।

साँझ प्रधानमन्त्री कार्यालय सिहदरवारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले सहमति जुटाउन थप छलफलको आवश्यकता देखिएकाले आजको बैठक स्थगन गरिएको जानकारी दिएका छन । प्रमुखदलवीच केहि नितिगत विषयमा एकमत बन्न नसक्दा बैठक स्थगित गरिएको हो ।