शुक्रबार, चैत्र १६, २०८०

एकीकृत मस्यौदाको विषयमा सहमति बनाउँन बसेको चारदलको बैठक निष्कर्षविहीन

काठमाडौ आषाढ १२, संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार पारेको एकीकृत मस्यौदाको विषयमा पूर्ण सहमति जुटाउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न प्रमुख चार राजनीतिक दलवीच भएको छलफल बिनानिष्कर्ष टुङगिएको छ ।  कार्यदलले समितिमा शुक्रबार पेस गरेको मस्यौदाका  विषयमा छलफलको लागि भन्दै आज बैठक बसेको हो । त्यस्तै अपरान्हको बैठकमा सहमति नभएपनि साँझ बस्ने बैठकले सहमति कायम गर्ने संभावना रहेको एमाले नेता भिम रावलले बताउँनु भएको छ ।
नेता रावलका अनुसार दलबीच बहुलवाद, नागरिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायतका विषयमा एकमत बन्न नसकेको हो । कार्यदलले तयार पारेको मस्यौदामाथि आजदेखि समितिको पूर्ण बैठकमा छलफल हुने कार्यक्रम रहेको छ ।