शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसद्दारा सभासद् र केन्द्रीय सदस्यहरूलाइ मस्यौदा बारे विफिङ

काठमाडौ आषाढ १६, नेपाली काँग्रेस संसदीय दलको आजको बैठकमा पार्टीका महामन्त्री एवम्  विधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले nc jhandaसंविधानमा समावेश भएका विषय वस्तुका बारेमा सभासद् र केन्द्रीय सदस्यहरूलाई जानकारी गराउनुभयो ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा साँझ बसेको संसदीय दलको बैठकको अध्यक्षता पार्टी उपसभापति रामचन्द्र पौडेलले गर्नुभएको थियो । बैठकमा उपसभापति पौडेल र समिति सभापति सिटौलाले संविधानमा समावेश भएका विषय वस्तुहरूका बारेमा जानकारी गराउनु भएको थियो ।