शुक्रबार, बैशाख १४, २०८१

धाडिङमा भूकम्प पिडितका लागि परामर्श र मनोरञ्जन

 अर्जुन खनाल ज्येष्ठ २३/  धाडिङमा  वेसीको टुँडिखेलमा हजारौं दर्शकहरुको उपस्थितिमा सिस्नोपानी मल्हमपट्टी शिविरले दमदार कार्यक्रम प्रस्तुत गरेको छ १ चर्चित कलाकार मनोज गजुरेलले स्थानीय दर्शकहरुलाई एक घण्टासम्म सन्देशमुलक प्रहसन प्रस्तुत गर्नुभयो । गायक निश्चल श्रेष्ठ र कोमलीकान्त भेटवालले कर्णप्रिय गीत गाएर मनोरन्जन प्रदान गर्नुभएको थियो भने व्यंग्यकविहरु लक्ष्मण गाम्नागे, टंक आचार्य र अर्जुन पराजुलीले आफ्ना शक्तिशाली कविता मार्फत दर्शकलाई मनोरंजन प्रदान गर्नुभएको थियो ।

व्यंग्यकबि लक्षण गाम्नागेको ‘ भूकम्पको प्रेमपत्र ‘ , टंक आचार्यका व्यंग्य कविता र अर्जुन पराजुलीको ‘ भुकम्पे र भूकम्पी ‘ निकै प्रभावकारी भएको थियो भने अमेरिका निवासी निश्चल श्रेष्ठको गितार गायनले माहोल सांगेतिक भएको थियो । ४७ वटा निशुल्क स्वास्थ्य शिबिर सन्चालन गरिसकेका जनस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र समीरले मनोपरामर्श तथा स्वस्थ रहने उपायबारे जानकारी दिनुभएको थियो १ त्यस्तै उहाँले धादिंगको अति प्रभावित बिकट गाउँको लागि नेपाली सेनाका कर्णेल विजित रेग्मीलाई औषधिहरु हस्तान्तरण गर्नुभएको थियो १ उक्त समारोहमा धादिंग जिल्लाका सभासदहरु, प्रमुख जिल्ला अधिकारी, सेना तथा प्रहरीका प्रमुख एबम सकल दर्जा, कर्मचारी,  नेताहरु तथा ठूलो संख्यामा स्थानीयहरुको उपस्थिति थियो ।