शुक्रबार, बैशाख ७, २०८१

अनुमगन तथा नियमन हुँन नसक्दा सर्लाहीका उमावि बन्द हुँदै

काठमाडौं बैशाख ८ / कृष्ण थपलिया/  सर्लाहीका सामुदायिक उच्च माध्यमिक विद्यालयको खस्कदो शैक्षिक स्तरका कारण निकट भबिष्यमा बन्द हुने सम्भाबना बढ्दो रहेको सरोकारवाला व्यक्तिहरुले बताएका छन ।  अधिकांस सामुदायिक माध्यमिक बिधालयको खस्कदो शैक्षिक स्तरका कारण sfaएसएलसी परीक्षामा   उत्तिर्ण हुँने विधार्थीको सख्यात्मक न्यूनिकरणका कारण यस्तो संभावना देखिएको वहाँहरुको दावी रहेको छ । एकातर्फ बिधार्थीको संख्यात्मक कमी अर्कोतर्फ एसएलसी परीक्षामा विद्यालयहरुले हाँसिल गरेको अनपेक्षित नतिजाका कारण यस्तो अवस्था देखिएको हो।

त्यस्तै उच्च माध्यमिक विद्यालयलाई अनुदान स्वरुप २ शिक्षक बरावरको तलव अनुदान दिने सरकारी नीति कार्यान्वयन नहुनुुले सामुदायिक उच्च माध्यमिक बिधालयका शिक्षक शिक्षीकाले तलव समेत खान नपाई रहेको अवस्था विद्यमान रहेको नेपाल राष्ट्रिय जनता उच्चमाध्यमिक बिधलयका शिक्षक राजेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यसो त यती मात्र बन्द हुने कारणभने पक्कैपनि होइन सरकारले बिधालय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत अधिकांस माध्यमिक बिधालयलाई दश जोड २ सन्चालन गर्नै पर्ने बाध्यात्मक ब्यवस्था गर्नुृले पनि उच्च माध्यमिक बिधालयहरुमा विधार्थीको अभाव बढदै जानुले पनि यस्तो अवस्था आएको हो भन्नुहुन्छ शिक्षक राजेन्द्र रिजाल ।

साथै उच्चमाध्यमिक शिक्षा परिषदले सर्लाही सहित देसैभर उच्चमाध्यमिक विधालयलाई सम्वधन दिने सर्टिफिकेट बाड्ने तर अनुगमन गरेर अवस्था नबुझ्नुले पनि समस्या सिर्जना हुनुको अलावा स्थानिय स्तरमा हुँने गरेको बढ्दो राजनीति सहितको चलखेलका करण पनि दिनानुदिन सङकटमा पर्दै आएको उमाविको भौतिक पूर्वाधार बिकासमा राज्यको ध्यान नपुग्नुले थय समस्या पैदा गरेको सहजै बोध गर्नसकिन्छ । यद्यपी समयमानै सरोकारवाला निकयले शैक्षिक सत्रमा पुराभएका उच्च माध्यामीक बिधालयलाई बिधार्थी संख्या भौतिक पूर्वाधार को मुल्याङन गर्दै २ दखी ५ जना शिक्षक उपलब्ध गराउने , बिधालय क्षेत्र सुधार कार्यक्रम पूर्णत कार्यान्वयन गर्दै माध्यमिक तहमा कम्तिमा ७ जना स्नाकोत्तर तह पास गरेका शिक्षकको वेवस्था र ब्यवस्थापन समिति गठन सम्वन्धी नीतिको कार्यान्वयनमा जोड दिन सके स्थितीमा सुुधार ल्याउन सकिने देखिन्छ ।