बुधबार, बैशाख १२, २०८१

भारतीय नक्कली नोटसहित भण्डारी पक्राउ

नेपालगन्ज ज्येष्ठ २५ नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले सुभाष भण्डारीलाई नेपालगन्ज उपमहानगरपालिका—२५बाट नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको जनाएको pakrauछ । ब्यूरोका प्रमुख अशोकसिंह ठकुरीलाई उदृत गर्दै प्राप्त समाचारमा प्रहरीले भण्डारीलासङग रु एक हजारको ४२ थान र रु ५०० को २१६ थान गरी रु एक लाख ५० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको उल्लेख गर्दै नक्कली भारतीय नोटको कारोबारमा राजु कबडिया भन्ने व्यक्ति फरार रहेको जनाइएको छ ।

त्यस्तै प्रहरीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने पक्राउ आरोपीमाथि खोटा चलनअन्तर्गत मुद्दा दर्ता गर्ने भएको छ ।