शनिबार, बैशाख १५, २०८१

दलका शीर्ष नेताहरू संविधानका विवादित सवालमा आज समाधान खोज्ने तयारीमा

काठमाडौ ज्येष्ठ २५, प्रधानमन्त्री निवास वालुवाटारमा आईतवार साँझ बसेको सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) ले विचको बैठकले संविधानका विवादित विषयलाई आज बिहान बस्ने चार दलको बैठकबाट टुङ्ग्याउने नितिगग सहमति कायम गरेको छ ।

सत्तारुढ यि दुई दलको बैठकमा संविधानको विवादित विषयमा आज बस्ने चार दलका शीर्ष नेताहरूको बैठकले निर्वाचन प्रणाली र सङ्घीय प्रदेशको संरचनाका मुद्दालगायत अन्य नमिलेका विवादित सवालमा घनिभूत छलफल गर्दै टुङ्ग्याउने तयारी भएको आशा काँग्रेस सनकठ एक नेताले जानकारी दिएका छन ।