शनिबार, बैशाख १५, २०८१

यादव र राईको पार्टीबीच आज एकताको घोषणा हुँदै

काठमाडौ ज्येष्ठ ३२,  मधेसी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टी र खस राष्ट्रिय समावेशी पार्टीबीच आज एकताको घोषणा हुँदैछ । यसरी तीन दल मिलेर बन्ने नयाँ पार्टीको नाम भने  संघीय समाजवादी फोरम राखिने र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एकीकृत पार्टीको अध्यक्षको जिम्मेवारी रसहअध्यक्ष संघीय समाजवादीलाई दिईने भएको छ ।

एक सय ९६ सदस्यीय केन्द्रीय समिति रहने बताइएको नयाँ पार्टीको पाँच उपाध्यक्षमा फोरम र संघीय समाजवादीबाट दुई (दुई र खस समावेशी राष्ट्रिय पार्टीले र महासचिवको पद भने फोरमले लिने बुझिएको छ।  त्यस्तै दुई उपमहासचिव पद फोरम र समाजवादीले एकरएक लिने भएका छन् । सहअध्यक्षमा संघीय समाजवादीले राजेन्द्र श्रेष्ठलाई पठाउने लगभग पक्का भएको छ । सहमतिअनुसार तीन सचिवमा फोरम, समाजवादी र खस समावेशीले एक एक र कोषाध्यक्ष पद फोरमको भागमा परेको छ ।