बुधबार, बैशाख १२, २०८१

काँग्रेसले साताव्यापी श्रमदान गर्न दियो कार्यकर्तालाई निर्देशन

काठमाडौ ज्येष्ठ ४,   गत बैशाख १२ को महाभूकम्पबाट पीडितको राहत एवम् पुनःनिर्माणका लागि सहयोग गर्न नेपाली काँग्रेसद्वारा गठित समितिले आफ्ना सम्पूर्ण nc jhandaकार्यकर्तालाई आह्वान गरेको छ ।  काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आईतवार सम्पन्न समितिको संयुक्त बैठकले कम्तिमा सात दिन श्रमदान गरी पीडितको सहयोगमा लाग्न यस्तो आग्रह गरेको हो ।

साथै बैठकले विनाशकारी भूकम्पको यस महाविपत्तिमा घर भत्किएर बिचल्लीमा परेका जनतालाई सहयोग गर्न भातृ तथा शुभेच्छुक संस्थालाई पनि आग्रह गरेको छ भने अझै राहत सामग्री नपुगेको ठहर गदै यथाशीघ्र पाल, कम्बल, म्याटे«स, झुल, खाद्यान्नलगायत सामाग्री पु¥याउने प्रबन्ध गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।