शुक्रबार, बैशाख १४, २०८१

रक्षक नै भक्षक भएपछी……

काभ्रे चैत्र ३० ,  काभ्रेको पनौतीस्थित शिविन शान्ति बालिकागृहमा आरक्षित एक बालिकालाई गत चैत्र २५ मा पनौती बसपार्कमा राति १२ बलात्कार गरेको किटानी परेपछि दुई प्रहरीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।  प्रहरीले बलात्कार गरेको किटानी जाहेरी परेपछि उनीहरूलाई नियन्त्रणमा rape_20130726091614लिएर छानबिन सुरु गरेको हो । पनौतीमा रातको समयमा ड्युटी गरिरहेका प्रहरीले डरधम्की देखाउँदै बलात्कार गरेको उजुरी बालिकागृहले दिएपछि आरोपित प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।

बलात्कार आरोप लागेकामा प्रहरी हबलदार शम्भु राउत र प्रहरी जवान श्रीराम शाह रहेका छन् । बालिका बलात्कारको उजुरी पर्नेवित्तिकै डीएसपीको नेतृत्वमा समिति बनाएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गर्रिकएको छ। प्रहरीले बालिकागृहबाट बालिका भाग्नुको कारण र कसरी बलात्कृत भए, त्यसको अनुसन्धान थालेको बताएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार केसीले दुवैलाई नियन्त्रणमा लिएर कारबाही थालिएको र जिल्ला प्रहरी कार्यालयले आरोपित दुवै प्रहरीलाई जागिरबाट निलम्बन गरेको जनाएको छ ।