शनिबार, बैशाख ८, २०८१

सात बुंदे सहमति रौतहटको गौरमा जारी आन्दोलन फिर्ता

रौतहट चैत्र २५,  रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र खोल्ने सरकारी निर्णयविरुद्ध सात दिनदेखि सदरमुकाम गौरमा भएको बिरोधका सबै कार्यक्रम फिर्ता भएको छ । स्थानीय प्रशासन र रौतहट उद्योग बाणिज्य सङघबीच गएराति अबेर भएको सात बुंदे सहमति भएपछि बन्द फिर्ता लिइएको हो । नेपाल rautahat-jilla-final8सरकारले चन्द्रनिगाहपुरमा सेबा केन्द्र खोल्ने निर्णय गत २० गते नै खारेज गरिसकेको हुंदा आन्दोलनको क्रममा भएको घटनालाई सम्बोधन गर्ने गरी बार्ता सफल भएको हो ।

सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका गौर नगरपालिका–१० का रामआषिस ठाकुर लाई शहीद घोषणाको प्रक्रियाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने, मृतकको परिबारका एक सदस्य लाई सीप र योग्यता अनुसार जागिर दिने, मृतक परिबारलाई क्षतिपूर्ति स्वरुप आठ लाख उपलब्ध गराउने, आन्दोलनको समयमा घाईते भएकाको उपचार खर्च दिने, त्यस्तै घटनाको यथार्थ बुझन उच्चस्तरीय छानबिनका लागि गृह मन्त्रालयमा लेखी पठाउनेलगायतका सहमति भएको प्रँप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

बार्तामा आन्दोलनरत पक्षबाट रौतहट उद्योग बाणिज्य सङघका अध्यक्ष ,नागरिक समाजका प्रतिनिधी , निर्माण ब्यबसायी संघका अध्यक्ष र स्थानीय प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुबेदी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष शैलेन्द्र गुप्ताको सहभागिता थियो ।