शनिबार, बैशाख १५, २०८१

बस जुध्दा तीनको मृत्यु, ३० जनाभन्दा बढि घाइते

कठमाडौं चैत्र १८,   इटहरी सडकखण्डको मोरङ टङ्कीसिनवारी–६ मा आज बिहान उदयपुरबाट downloadविराटनगर आउँदै गरेको को१ख ४१९० नम्बर बस र विपरीत दिशाबाट आउँदै गरेको को१ख ३८०५ नम्बरको बस एकापसमा बस जुध्दा तीनजना यात्रुको मृत्यु हुनुको अलावा ३०जना भन्दा बढियात्रु घाईते भएको मोरङ प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २४ जनाको विराटनगर कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र अन्यको विराटनगरकै गोल्डेन र न्युरो अस्पतालमा उपचार भइरहेको जनाउँदै प्रहरीले जनाएको छ ।