शुक्रबार, बैशाख ७, २०८१

१५ हजार घुस लिने कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र १२,  सेवाग्राहीसङग रु १५ हजार घुस लिएर घर निर्माण सम्पन्न भएको नक्कली प्रमाणपत्र दिएका गोरखा नगरपालिकाका सव¬—Grk municipalityइञ्जिनियर निशान पाठकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।  सदरमुकामको वल्र्ड क्यापिटल कन्सल्टेन्सीका सञ्चालक तथा पूर्व नगरपालिका कर्मचारी सनद श्रेष्ठ र पाठक मिलेर नपाको छाप, कार्यकारी अधिकृत चन्द्रा थापामगर र फाँटवाला कर्मचारी रमण कट्टेलको कीर्ते सही गरी गोरखा नगरपालिका– ११ दशकिलोकी सेवाग्राही सुन्तली थापालाई घर निर्माण सम्पन्नताको प्रमाणपत्र जारीगरेको बुझिएकेो छ।

त्यस्तै प्रहरीले पाठक, कन्सल्टेन्सी सञ्चालक श्रेष्ठ र सेवाग्राही सुन्तली थापा विरुद्ध मुलुकी ऐनको सरकारी सही, छाप कीर्ते गर्ने महलअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
यसअघि निर्माण सम्पन्नताको प्रमाणपत्र प्रकरण्को छननवीनको लागि नगरपालिकाका कार्यकारी अधिकृत चन्द्रा थापामगरले आवश्यक छानबिनका लागि प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा प्रहरीले तीनै जनालाई मङ्गलबार राति ११ बजे पक्राउ गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728