शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढदलको शिर्ष नेताको बैठक : ३० दलीय मोर्चासङग निर्णायक वार्ता गर्ने निष्कर्ष

काठमाडौं फागुन २८,  सत्तारुढ दल नेपाली काँग्रेस र एमालेका शीर्ष नेताबीच आज भएको छलफलले एमाओवादी नेतृत्वको विपक्षी ३० दलीय मोर्चासङग संविधान निर्माणका NCUML_20150206113835विषयमा चाँडै निर्णायक एवम् परिणाममुखी वार्ता गर्ने निष्कर्ष तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफल पछि काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले वार्ता र संवादलाई सघन बनाई नयाँ साझा अवधारणा बनाउन शान्ति प्रक्रियाका सहभागी दलहरुलाई समेट्न आजै वा भोलिसम्ममा ३० दलीय मोर्चासँग संयुक्त वार्ता गरिने जानकारी दिनुभएको छ।