शनिबार, बैशाख ८, २०८१

विवादित बिषयमा सहमति जुटाउन मुख राजनीतिक दलकोको बैठक आज बस्दै

काठमाडौं फागुन २८, संविधानका विवादित बिषयमा सहमति जुटाउन प्रमुख राजनीतिक दलकोको बैठक आज बस्ने भएको छ । विभिन्न तहको अनौपचारिक संवादपछि औपचारिक बैठक बस्न लागेको हो । यसअघि सत्तापक्ष र विपक्षी मोर्चाको शनिबार बसेको बैठकले संविधानका विवादित बिषय मिलाउन चार नेतालाई जिम्मेबारी दिएको 3-dal1थियो ।

आज बैठक बस्ने तयारी भएपनि समय यकिन नभएको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी मोर्चाका तर्फबाट मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई सहमति जुटाउन बैठकले जिम्मेबार दिएपछि चार नेता एकैठाउमा बसेर छलफल गर्न सकेका छैनन ।

यद्यपी मुख्य विवादित विषयमा शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणालीमा मोटामोटी सहमति जुटे पनि संघीयताको संख्या र सीमांकनका विषयमा सहमति हुन सकेको छैन । तर कांग्रेस र एमालेले पूर्वका झापा, मोरङ, सुनसरी र पश्चिमका कैलाली, कञ्चनपुरको सीमासम्बन्धी विवाद सम्बन्धित क्षेत्रका बासिन्दाको जनमतमार्फत सल्टाउने विकल्प अघि सार्ने तयारी गरेका छन्। त्यसप्रति विपक्षी मोर्चा पनि सकारात्मक देखिएको छ।