शनिबार, बैशाख १५, २०८१

जिल्लाका हरेक बजारमा आयोनून पुगेको अवस्था छ : ब्रजेशकुमार झा

आयोडिनको कमीबाट हुने देख्न सक्ने र नसकिने विकृतिहरु नियन्त्रण र न्यूनिकरणक सङगै यसकोलागि आवश्यक जनचेतना अभिवृद्धिको क्षेत्रमा क्रियाशिल साल्ट ट्रेडिङ  लिमिटेडका डिभिजनल प्रमुख ब्रजेस कुमार झा मृदभाषी एवम प्रखर वक्ताका रुपमा चिनिनु हुन्छ । 

IMG_5777sjh_eventPHotograpHY_salt trading hakim_2071प्रत्यक्ष जन स्वास्थ्यसङग सरोकार राख्ने आयोडिन नूनलाई एकद्वार प्रणाली मार्फतनै बिक्रीवितरण गर्नुपर्छ । जुन राष्ट्रमा एकद्वार प्रणाली मार्फत आयोडिनयुक्त नूनको बिक्रीवितरण भएको छ ती राष्ट्रहरुमा आयोडिन नूनको अभावले हुने विकृतिहरु शून्य जस्तै भएको विचार अभिव्यक्त गर्नु हुँने डिभिजनल प्रमुख झासङग यसै प्रसङगमा गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ।

-आयोडिनको कमीले हुन सक्ने समस्याको अलावा यसकोे प्रयोगबाट हुँने फाइदा के-के छन ?

आयोडिनको कमीले मानव स्वास्थ्यमा विभिन्न प्रकारका समस्या सिर्जना हुन्छन भन्ने त हामीले बुझिसकेको अवस्थामा आयोडिनको प्रयोगबाट प्राप्त हुँने फाइदाहरु क्रमस गर्भ तुहिने, मृत शिशु जन्मने, सुस्त मनस्थिति र लुला बालबालिकाहरु जन्मन सक्ने सम्भावना स्वत समाप्त हुन्छ । त्यस्तै आयोडिनको मात्रा प्रयाप्त जन्म प्रश्चात् बालबालिकाको ३ वर्षसम्म ९० प्रतिशतभन्दा बढी सिक्ने र बुझ्ने क्षमताको विकासमा उल्लेख्य प्रगति हुन्छ ।
समग्रमा भन्नुपर्दा सुक्ष्म पोषण तत्वको रुपमा रहेको आयोडिनको प्रयोगले बालबालिकहरुको अपेक्षाकृत रुपमा शारिरीक र मानसिक विकास गराउँनुको अलावा किशोर अवस्थामा प्रवेश गर्ने समयमा समेत थकाई बढी लाग्ने, काम गर्न मन नलाग्ने, सन्तान उत्पादनको क्षमतामा ह्रास आउने जस्ता समस्याहरुका निर्मूलिकरण गर्दै आयोडिनको कमीबाट हुनसक्ने भयो थाईराइड ग्ल्गाण्ड अनावश्यक वृद्धिलाई रोक्दै गलगाँडको समस्याबाट निश्चिन्त तुल्याउँदै मानसिक र बौद्धिक क्षमताको वृद्धि लाटो र लठेरोपन र बाल मृत्युदर जस्ता समस्याको समाधानमा आयोडिनले महत्वपूर्ण फाइदा गर्दछ ।

-आयोडिनका लागि आयो नूननै किन त ?

 सन् १९७३ भन्दा उताको समयमा नेपालमा आयाडिन समस्याबाट सिर्जना हुनसक्ने समस्याको निराकरण लागि आयोडिनको क्याप्सुले र इन्जेक्सनको रुपमा प्रयोग गरिन्थ्यो । तर यो आफैमा न्यून आय भएको नेपालीहरुको लगि खर्चिलो मात्र नभएर आम नेपालीको पहुँचमा पुग्न नसकेको अवस्गालाई दृष्टिगत गर्दै सन् १९५५ मा आयोडिनको प्रयोग सम्बन्धमा युनिसेफ र डब्लुएचओले नेपाल सरकारसङग सहकार्य गरेर गरेको सर्वेक्षणलाई आधार मान्दै नेपाल सरकारको नीति र भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा सन् १९७३ देखि आयोडिन नूनको सुरुवात गरिएको हो ।

– आयोडिनको लागि क्याप्सुले र इन्जेक्सनको प्रयोग भन्दा दिनहुँ प्रयोग हुँने नूनमा भारत सरकारको सहयोगमा सन् १९७३ देखि नुनमा आयोडिन मिसाई सर्वसुलभ तरिकाले प्रत्येक जनताको घरघरमा  पु-याउँने क्रमका सुरवात गरिएको हो । तत्कालीन समयमा अभियानको रुपमा कण्ठरोग नियन्त्रणको नामक प्रोजेक्टनै सञ्चालन गरिएको थियो । अहिले आयोडिन नूनलाई विश्वव्यापी प्रयोगका रुपमा राखिएको छ र अहिले करिव विश्वका १ सय ३० राष्ट्रमा नूनमा आयोडिन मिसाएर बिक्रीवितरण गरिदै आएको छ ।

नेपालमा आयोडिनयुक्त आयो नूनको विक्रीवितरण विद्यमान अवस्था कस्तो छ त ?

हामीले नेपाल सरकारको अनुदानमा सरकरले तोेकेको स्थानमा डिपो राखेर पचहत्तरै जिल्लामा आयोनून बिक्री वितरण गर्दै आएका छों भने मुलुकको २० वटा दुर्गम जिल्लामा ब्राण्ड नै फरक बनाएर हामीले आयोडिनयुक्त भानु नून पठाउँदै आएको छों । जिल्लामा जिल्ला प्रशासन, एलडिओ र स्थानीय राजनीतिक कार्यकर्ताको सर्वदलीय भेलाले नून वितरणको प्रक्रिया तोक्ने हो । सबैको घरमा संस्था पुग्न सम्भव नभएपनि मुलुकको सबै जिल्ला र बजारमा आयोनून पु-याएका छौं । ३५ वटा अत्यावश्यक वस्तुहरुको सूचीमा रहेको आयोनून आवश्यकता अनुरुप सर्वसुलभरुपमा मुलुकको कुना काप्चामा पुगेको अवस्था छ ।

-तर वेलावखत आयोनुनको हाहाकारको चर्चाले स्थान पाउँने गरेको अवस्था छ नी ?IMG_5773sjh_eventPHotograpHY_salt trading hakim_2071

सवैको घरमा संस्था पुग्न नभएपनि मुलुकको पचहत्तरै जिल्लामा सर्र्वसुलभरुपमा आयोनून बिक्री वितरण गर्दैआईरहेको छौं । ३५ वटा अत्यावश्यक वस्तुहरुको सूचीमा रहेको आयोनून जुनसकै अवस्थामा पनि ७५ जिल्लाका हरेक बजारमा पुगेको अवस्था छ । त्यसैले उपलब्धताको कही कमी छैन । सवाल रह्यो हाहाकारको हेर्नुस हामीसङग प्रयाप्त मात्रमा आयोनूनको सञ्चय हिजो पनि थियो । आज पनि छ ।

-कुन–कुन ब्राण्डमा अहिले आयोडिनयुक्त नून उत्पादन र विक्रीवितरण भईरहेको छ ?

नेपालको हिमाल देखि तराईसम्म भौगोलिक विविधता छ । भौगोलिक विविधतासङगै दुर्गम क्षेत्रमा भानुनुन शहरी क्षेत्रमा आयोनुन , ग्रामीण भेगमा शक्तिनुन र तेज नून बिक्रीवितरण गर्दै आएका छौं । यी सबै ब्राण्डको नूनमा हामीले ५० पीपी आयोडिन मिसाएका हुन्छों । खुल्ला नूनमा आयोडिन उडेर जाने सम्भावना भएकाले दुई बालबालिका अङंकित आयोडिन युक्त नून प्रयोग गर्न भनि राखेका छौं । डबल प्याकिङ हुने भएकाले आयोनुनमा भएको आयोडिन उड्दैन । खुल्ला नुनमा भने घाम पानीले उड्न सक्ने सम्भावना हुन्छ । हामीले युनिसेफ र डब्लु. एच. ओ. ले तोकेको लड क्वालिटी एसुरेन्स सिष्टमबाट प्रमाणित गरेपछि मात्रै नुनको बिक्रीवितरणगर्दै आईरहेका छौं ।

-आयोडिनयुक्त नूनमा पनि साल्ट ट्रेडिङको एकाधिकार भयो भन्ने आम गुनासो छ नि ?

प्रत्यक्ष जन स्वास्थ्यसङग सरोकार राख्ने आयोडिन नूनलाई एकद्वार प्रणाली मार्फत नै वीक्रीवितरण गर्नुपर्छ । जुन राष्ट्रमा एकद्वार प्रणाली मार्पmत आयोडिनयुक्त नूनको बिक्रीवितरण भएको छ ती राष्ट्रहरुमा आयोडिन नूनको अभावले हुने विकृतिहरु शून्य जस्तै भएको छ । अन्य निजी कम्पनीहरुलाई आयोडिन नून बिक्रीको लागि अनुमति दिँदा खुल्ला बजार हुने बित्तिकैै ब्राण्ड प्रमोशनका लािग बढी खर्च गर्नुपर्ने हुन्छ । यसले गर्दा मूल्य बढी पर्न जान्छ । अहिले आयोडिन युक्त नून सार्क मुलुक कै तुलनामा नेपालमा सस्तो रहेको छ । आयोडिन नूनलाई व्यापारिक कारोबारले मात्र नहेरी जनस्वास्थ्यसँग सरोकार राख्ने वस्तु भएकाले यसलाई राज्यले नै नियन्त्रणमा राख्नुपर्ने हुन्छ ।