शनिबार, बैशाख ८, २०८१

प्रवासी नारीको खुल्लापत्र

मार्च ८ अर्थात् १०५ औ अन्तराष्ट्रिय नारी दिवस, यो दिवस साताभरी मनाईन्छ । नेपालमा पनि यो वर्ष ‘’लैंगिक मैत्री संविधान महिला हिंसाको निदान’’ भन्ने नाराका साथ 1346274561_ttमहिला दिवस मनाईयो । प्रत्येक वर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तराष्ट्रिय नारी दिवस कुनै खुशियाली पर्व, उत्सव या महोत्सव नभएर उत्पिडित महिलाको  लैङगिक  तथा सामाजिक विभेद बिरुद्धको संघर्षरत आवाज हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा लैगिक, सामाजिक, शैक्षिक, राजनीतिक, प्रशाशनिक ,सांस्कृतिक तथा आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण,दमन र विभेदको बिरुद्धमा वुलंद आवाज उठाउदै महान सªकल्प र अठोटका साथ निरन्तर चलिरहने अनन्तकालिन महायात्रा हो अन्तराष्ट्रिय महिला दिवस ।

देश रोग भोक र शोकले आक्रान्त छ भने गाँस, वास, कपास तथा शिक्षा स्वास्थ्य जस्ता अपरिहार्य विषयहरू लथालिङ्ग भईदिदा नेपाल आमालाई नै लज्जित तुल्याएको छ । राजनैतिक अस्थिरता, महङगी, वन्द, हड्ताल, वेरोजगारी, खानेपानीको हाहाकार र लोडसेडिङ्गको मारमा पिल्सिएका तमाम नागरिकहरूले सुरक्षाको अनुभूति गरी शान्तिको श्वास फेर्न समेत पाएका छैनन् त्यो सवैलाई सर्वविधितै छ । म कुनै राजनितिक दलको गुलामी भएर वन्द हड्ताल गराउदै टायर बाल्दै   पद र प्रतिष्ठाको लागि चाप्लुसी गरिरहेकी छैन, विगत् ७ वर्षदेखी प्रवासी भुमीमा पसिना वगाउन विवश भएकी छु । म त्यही देशको नारी हुँ जहाँ चाहेर पनि जिवनका उकाली ओराली अनी भन्ज्याङ चौतारीहरूसङग लुकामारी खेल्न पाएकी छैन वात्सल्यप्रेम र जिवनका नैसर्गिक अधिकारहरूवाट वन्चित हुन वाध्य भएकी छु । साथीसङगीसङग प्रित गास्न पाएकी छैन भने काखे नानीहरूसङग मातृत्व साट्न पाएकी छैन तर पनि मेरो कमाईको केही प्रतिशत रेमिट्यान्सको माध्यामवाट राज्यकोषमा गईरहेको छ त्यसैले नेपाली नागरिकको हैसियतले प्रवासवाटै भएनी राज्यलाई खवरदारी गर्ने अधिकारवात मलाई कसैले वन्चित गराउन सक्दैन ।

माननिय सभासद् ज्यू,हरूले अन्तराष्ट्रिय नारी दिवशको उपलक्ष्यमा शुभकामना शन्देश, महिला हकहित, उत्थान तथा उत्पिडनको वारेमा चर्का-चर्का भाषण सङगै महिला मुक्तिका वकालत गरे होलान् रु देशको मुहार फेर्ने कसम खादै सत्ता हत्याएका, नेपाललाई दश वर्षमा स्विजरल्याण्ड वनाउने चर्का भाषण गर्दै जनतालाई छक्याएका, रातारात कुर्सी तानातान र हानाहान गर्दै अन्तराष्ट्रिय स्तरमै लज्जास्पद दृष्य देखाउन सफल भएका, श्रमजिवी, मजदुर तथा निमुखा जनताको पसिनावाट आएको भत्तावाट पालिएका सभासद ज्यूहरूलाई आज विश्वभरी नारी दिवस मनाईरहदा नेपाल जस्तो विपन्न मुलुकमा भएका नारीहरूको हक-अधिकार तथा शान्तिशुरक्षा कसरी सुनिश्चित भयो भनेर प्रश्न गर्न मन लाग्यो त्यसैले यो प्रवासवाट दुई शव्द कोर्ने दुस्साहस गरेकी छु । हो यो साता म जस्तै हजारौ नेपाली नारीहरू स्वदेश तथा अन्तराष्ट्रिय स्तरमा महिला दिवस, मनाउदै प्रश्न सोधिरहेका छन्, खै कहाँ छ नेपाली महिलाहरूको सुरक्षा ? कहाँ छ समानता र एकता अनी गत वर्ष महिला दिवसमा तय गरिएको नाराको सार्थकता ?

मार्च ८ मा प्रवास वसाईकै क्रममा नारी दिवस मनाउन इजरायली महिलाहरूसङग सामेल भएकी थिए । यती शक्तिसम्पन्न र नारी पुरूषको हरेक क्षेत्रमा समान पहुँच भएका राष्ट्रमा रहेका महिलाहरूसंग महिला शसक्तिकरणका मुद्दाहरूको विषयमा चासो राख्दै उत्साहका साथ म त्यहा उपस्थित भएकी थिए । मेरो उपस्थितीसङगै कार्यक्रम संचालीकाले नेपाली महिलाका उत्पिडन र उत्थान अनी महिलाको हरेक क्षेत्रमा सहभागिताका विषयको वारेमा जान्ने अवसर प्राप्त भएको वताउदै मलाई नेपाली महिला तथा वालवालिकाको अवस्थाको वारेमा जानकारी दिन अनुरोध गरियो । म कार्यक्रममा उपस्थित भएसङगै यो देशका महिलाहको अवस्था र मेरो देशमा घटिरहेका समकालिन महिला तथा वालवालिकाहरूमाथीको क्रुरतापुर्ण घटनाहरूसंग तुलना गर्दै निकै भावुक भईरहेकी थिए । देशमा घटिरहेका पिडादायी घटनाको वारेमा वोल्दै जादा मेरा शव्दहरू रोकिए र अनायासै स्तव्ध हुन पुगे । मेरो देशमा रहेका महिलाको पहुच र परिवेशको वर्णन गर्न नसकेर म सवैका सामु भावविह्ल भईरहेकी थिए । भर्खरै मात्र वलात्कृत भएकी वाराकी ६ वर्षिया वालिकाको दर्दनाक घटनाले मलाई निशव्द वनाएको थियो । मेरो देशको कानुनले मलाई यतिसम्म कमजोर वनाई दियो की मसंग उनीहरूलाई दिने कुनै जवाफ नै थिएन ।

हरेक दिनजसो हुने यस्ता दर्दनाक घटनाहरूको वर्णन गर्ने शव्दहरू नै थिएनन् म संग । मैले ३,४ वटा मात्र घटनाको वारेमा भन्न भ्याएकी थिए, उपस्थित महिला स्तव्ध वन्दै आखाँभरी आसु टल्पाउदै सोध्दै थिए तेरो देशको सरकार किन यति कमजोर छ रु राज्यको कानुनदेखी नडराएर नै यस्ता किसिमका अपराध वढिरहेको हुनसक्ने उनीहरू वताउदै थिए । म आफुलाई कमजोर राष्ट्रको कमजोर महिला भएको महशुस गर्दै उनीहरूको कुरामा मौन स्विकृती जनाउदैथिए भने भित्रभित्रै जलिरहेकी थिए । अन्तराष्ट्रिय महिला दिवसको दिन मलाई राज्यले दिएको लस्जास्पद उपहार थियो आशु र मौनता ।

हाम्रो देशका माननिय सभासद् ज्यूहरू पनि अन्तराष्ट्रिय स्तरमा हुने महिला वालवालिका, असहाय द्वन्दपिडितहरू जस्ता विभिन्न नाममा सेमिनार र गोष्टीहरूमा धाउने गर्छन् तर उनीहरूले त्यहाँ गएर देशमा महिला तथा वालवालिकाहरूमाथी वलिरहेको राँको, ज्वाला, मुस्लो र खरानीको विषयमा के प्रतिकृया दिएर आउछन् उनीहरू आफै जानुन् । किन उनीहरूले अठोट गर्न सक्दैनन्, लैंगिक समानता, निशुल्क स्वास्थ्यसेवा, शिक्षा र हरेक क्षेत्रमा महिला पुरूषको समान सहभागिता अनी वलात्कारीलाई फाँसीको सजाय कानुनी व्यवस्था ?  माननिय कानुनमंत्री तथा सभासद् ज्यूहरू, म जस्ता तमाम प्रवासिएका नारीहरूको प्रश्न हो यो, राज्यले आफ्ना नागरिकहरूको शुरक्षा, स्वरोजगार तथा गाँस वास, कपास, शिक्षा स्वास्थ्य जस्ता अपरिहार्य विषयहरूमा सहज वातावरण पुर्याईदिएको भए नेपाली महिलाहरू अवश्यपनि रोजगारीको लागि डाँडो काट्ने थिएनन् । विभिन्न प्रलोभनमा परी अवैधानिक वाटो हुदै खाँडी मुलुकहरूमा पुगी मानशिक तथा शारिरिक यातनाको शिकार हुने थिएनन् अनी छिमेकी राष्ट्र भारत र चिनमा कलिला किशोरीहरू आफ्ना जवानी लिलामी गर्दै कैद हुने थिएनन् ।

नेपाली चेलीहरूले विदेशीहरूसंग विवाह गरेर पनि कहाँ धर पाएका छन् र रु धेरै भएको छैन कोरियाली नागरिकसंग विवाह गरेकी धादिङकी गौरिमाया तामाङले मानशिक तथा शारिरिक यातना शहन नसकी आत्महत्या गरेको अनी नर्स बन्ने सपना बोकेर अमेरिकी नागरिकसंग विवाह गरेकी विन्दु परियारको व्यथा सार्वजनिक भएको । रोजगारीको लागि कुवेत गएकी मकवानपुरकी शान्तिमाया दोङ्को कथा पनि धेरै पुरानो भएको छैन । यी पात्रहरू त उदाहरणस्वरूप देखिएका मात्र हुन् । विदेशी भुमिमा यसरी लुटिएका नेपाली चेलीहरुको बारेमा गम्भिर रुपमा कुटनितिक पहल हुन नसक्दा मनग्य धन कमाउने सपना संगाल्दै लहै(लहैमा अरबको खाडिमा पुगेका नेपाली चेलीहरूको दर्दनाक कारुणिक ब्यथाहरुमा पूर्णविराम लाग्न सकेको छैन । हाम्रो समाजमा नारीहरुमाथि भइरहेका दमन, शोषण र उत्पीडनको यो श्रृंखला आजको २१औ शाताब्दिमा पनि जर्जर अवस्थामा नै रहेको छ, आखिर किन रु किन रोकिएको छैन वैदेशिक रूपमा भईरहेको मानव तस्करको व्यापार रु किन मुक्त गराईएको छैन भारत र चिनका कोठीहरूमा कैद भएका लाखौ चेलीहरूलाई रु किन वन्द भएको छैन अवैधानिक वैदेशिक रोजगारको वाटो रु यदी महिलाहरूका यस्ता समस्याहरू जिउकातिउ रहने हो भने महिला दिवशको दिन मात्र कुर्लिने सत्ताधारीहरूको अस्तित्व के रहन सक्ला ?

सिता र भ्रृकुटीको देश, शान्तिका अग्रदुत गौतम बुद्धको देश भनेर चिनिने हाम्रो देश हत्या हिंसा अपहरण र बलात्कार जस्ता कुकृत्यको रणभुमी बनिरहेको छ । हाम्रो समाज अझै पनि लैगिक विभेद , दाईजो प्रथा ,शैक्षिक असमानता जस्ता विभेदकारी विषयहरूमा रूमलिईरहेको छ । पछिल्लो समयमा वलात्कारका घटनाहरूले समाजलाई अझ आक्रान्त वनाएको छ । दुई साता अघिमात्र बाराको कलैयामा एक ६ वर्षिया बालिकाको अपहरण, वलात्कार र उनको यौनाङ्गमा रोपिएको काठले मानवीय संवेदनालाई नै स्तब्ध वनाएको छ । उनको यौनाङ्गमा रोपिएको काठ अहिलेसम्म पनि निकाल्न सकिएको छैन । उनी कान्ति बाल अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेकी छिन् भने अपराधी कनैया गुप्ता सरकारी दाल भात खाएर मस्त निदाईरहेको छ । केही महिनाअघि बाराको कलैयामा नै चाउचाउ किन्न गएकी ८ वर्षिया वालिका कन्चनकुमारी ठाकुरको बलात्कार पछि हत्या गरियो, त्यसैगरी वाराकै कलैयामा मामाघरमा बस्दै आएकी ६ वर्षीया रिया कुमारी साहको पनि वलात्कार पछी हत्या भयो । काठमाडौंमा ११ कक्षामा पढ्ने किशोरी आफ्नै बाबुका साथीबाट बलात्कृत भएको र बलात्कारकै कारण कोठामा झुन्डिएर आत्महत्या गरिन् यस्ता उल्लेख्य घटनाहरूले के प्रतिविम्वित गरिरहेको छ भने के नारी भएर जन्मिनु नै अभिसाफ हो त रु गुल्मीकी दस वर्षीया वालिका विमला परियार साथीका घरमा मस्त निदाइरहेका बेला आफ्नै साथीका बाबु जीवन दमाईंबाट बलात्कृत भईन् ।

गुल्मीकै अर्की ९ वर्षिया बालिका ६५ वर्षीय खिमानन्द अर्यालबाट पटकपटक बलात्कृत भएको घटना सार्वजनिक भयो । यसरी पिडामा छट्पटाईरहेका कलिला नानीहरूलाई निशुल्क स्वास्थ्य उपचारको व्यावस्था समेत सरकारले नगर्दा सरकार पिडितहरूको घाउमा मल्हम पट्टी लगाउनुको साटो मुकदर्शक वनेर हेरिरहेको छ भन्ने प्रष्ट देखिन्छ, राज्यको नजरमा पट्टी लागेकै हो त, यदी होईन भने आखिर किन राज्यले यिनीहरूको निशुल्क उपचार किन गरेन?  राज्यले वेवास्ता गर्दै आईरहेको एक महत्वपुर्ण विषय हो पिडितलाई निशुल्क उपचार । वलात्कारको पिडामा छट्पटाईरहेका कलिला वालिका उपचार खर्च नपाएर जिवन र मरणको दोसादमा संघर्ष गरिरहेका छन् तर राज्यको तालाचावी लिनेहरू मुकदर्शक वनेर रमिता हेरिरहेका देखिन्छन्, यदी होईन भने अहिले कान्ति वाल अस्पतालको वेडमा लडिरहेकी छ वर्षिया वालिका, विमला परियार, प”जा वोहरा, पुजा कार्की, रिया कुमारी साह तथा संगिता मगर लगायतका हजारौको संख्यामा रहेका वलात्कृतहरूको उपचारार्थ राज्यले के गर्यो रु के यसको जवाफ राज्यसंग छ ?

तीन बर्ष अगाडी एसएलसीको सङघारमा सामुहिक बलात्कृत भएकी पूजा वोहरा, बाबु र हजुरबावु बाट बलात्कृत भएको कारण विक्षिप्त वनेकी पूजा कार्कीको मुद्दा किन स्थगित गरियो भनेर प्रश्न उठाईरहदा पनि सरकारले जवाफ सार्वजनिक गरेको छैन आखिर किन रु केही दिन अगाडी काठमाडौंको शान्ति निकुन्ज स्कुलवाट एसएलसीको तयारी गरिरहेका छात्रा सङगिता मगर र सिमा वस्नेत माथी एसिड प्रहार गर्नेहरू अझै फरार रहेका छन् । नेपालगन्जमा एक बाबुले आफ्नै १४ र ४ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरे भने वालआश्रममै वालिकाहरू वलात्कृत हुने गरेका घटनाहरू समेत सार्वजनिक भएका छन् । दिनदहाडै अपहरण र वलात्कार गर्नेहरू खुलेआम समाजमा कुर्लिईरहेछन् भने पिडितहरू सरकारसंग न्यायको लागि भिख मागिरहेछन् । माननीय कानुनमंत्री तथा सभासद् ज्यूहरू, तपाईहरूले पनि देख्नुभएकै छ । जन्माउने वावु अनी हजुरवुवावाटै अशुरक्षित भएका घटना साथीको वावु र वावुको साथीवाट अस्मिता लुटिएका खवरहरूले विश्वासको पर्खाल नाघिसकेका छन् । यस्ता अबोध बालिकाहरूमाथि घृणित यौनप्यास मेटाउनेहरू आफ्नै बाबु, बाबुसरह र हजुरबाबुसरह उमेरका हुने गरेका छन् ।

नेपालको विद्यमान कानुनले आफैंले जन्माएकी छोरीलाई बलात्कार गर्ने बाबुलाई दस वर्षको सजाय तोकेको छ भने आफूलाई जन्माउने आमाको करणी गर्नेलाई जन्मकैद तोकिदिएको छ । हालसम्मका घटनाहरूको तथ्याङ्कलाई हेर्ने हो भने जन्माउने आमालाई भन्दा छोरीहरूलाई करणी गरेका घटनाहरू उल्लेख्य छन् । के कानुनको नजरमा छोरी करणी गर्नु आमा करणी गर्नुभन्दा सामान्य अपराध हो ? यदी होईन भने कानुनको उपहास किन गरिएको छ ? अर्को लज्जास्पद विषय हो नेपालको कानुनमा पशु करणीका हकमा नालिस दिने हद म्याद एक वर्ष राखिएको छ भने कुनै महिला बलात्कृत भएमा नालिस दिने हद म्याद जम्मा ३५ दिन तोकिएको छ । के नेपालको कानुनमा महिला पशुभन्दा पनि तल्लो दर्जाका हुन् ? यदी होईनन् भने किन सुधार गरिएको छैन अझै पनि  के राज्यसंग यसको जवाफ छ ?

प्रत्येक दिन कलिला अवोध वालिकाहरू यौन पिपासुको शिकार वनिरहदा अनी मानविय समवेदनालाई समेत स्तव्ध पार्दै अवोध वालिकाको यौनाङ्गमा काठ रोप्ने अपराधीलाई कानुनले किन मृत्युदण्ड दिन सकिरहेको छैन । के यस्ता अपराधीलाई फेरी समाजमा पुनर्स्थापित हुने अधिकार छ रु वढीमा १५ वर्ष त्यो पनि दिनरात गनेर दिईने सजाय पिडितको पिडासंग तुलनात्मक छ रु भर्खरै मात्र भारतको नागाल्याण्डको एक जेलमा रहेको वलात्कारीलाई दशौ हजारको संख्यामा रहेका महिलाहरूले जेलवाट निकालेर कुटी-कुटी मारेझै नेपालका महिला पनि एक दिन त्यही अवस्थामा पुग्न वाध्य हुनेछन् समयमा वलात्कारीलाई दिईने सजायमा फेरवदल गरिएन भने त्यतीवेला कानुनले पनि कसैलाई रोक्न सक्नेछैन । लैंङगिक समानता, पैत्रिक सम्पlतमा समानता, आमाको नामवाट नागरिकता जस्ता मुद्दा अझैपनि किन ओझेलमा परिरहेका छन् । किन राज्यले यसको ठोस निर्णय लिन सकिरहेको छैन रु कानुन फितलो हुनु भनेको आम नागरिकमाथीको असुरक्षाको प्रत्याभूती हुनु हो । जव नेपाली नारीहरूले निर्धक्क भएर हिडडुल गर्न पाउदैनन् अनी कलिला वालिकाहरू अपराधीको निशानामा परिरहन्छन् तवसम्म नेपाल र नेपालीको शिर कहिल्यै उचो हुनसक्नेछैन र समावेशी समतामुलक समाजको निर्माणमा पनि वाधाअड्चन आईरहनेछन् ।

 सभासद् ज्यूहरू, नेपालको ग्रामिण भेगमा जन्मिनुको परिचय अनी लामो समयदेखी प्रवासमा रहेर अनुभव गरेका दुख:पिडा, अझ सिंङ्गै देशले भोगेको कारूणिक व्यथा अनी समग्रमा आम नारीहरूको गुमेको आत्मसम्मानको कदर गरियोस्, नेपालमा नारी दिवश मनाउनुको सार्थकता होस् भन्ने चाहनाका साथ यो प्रवासवाट नेपाल आमाको यादमा तड्पिदै पिडादायी पत्र लेख्ने क्रममा पत्र अलिक लामो तथा लेखाईको क्रममा केही त्रुटी भएको भए क्षमा चाहन्छु । दिनानुदिन वढीरहेका महिला तथा वालवालिकामाथीको चरम अपराधका घटनाले अन्तराष्ट्रिय नारी दिवशको उपलक्ष्यमा के शन्देश दिन सक्ला भन्दै यो दिवशले राज्यलाई प्रश्न गरिरहेछ खै कहाँ छ हाम्रा कलिला नानीहरूको शुरक्षा रु खै कहाँ छ महिला तथा वाल अधिकारको रक्षा ? खै कहाँ छ मानविय समवेदना ? खै कहाँ छ मानवअधिकार ?

-शुभद्रा भण्डारी,हाल इजरायल