शुक्रबार, चैत्र १६, २०८०

थबाङ र माओवादी जनकम्यून

 download (5)बसन्त शर्मा

(Common)  साझा र (community)  समूदायबाट commune को उदय भएको भन्ने मान्यता अनुसार नै २०६० जेठमा(तत्कालिन विद्रोही) माओवादीले रोल्पाको थबाङ गाऊँबाट शुरुवात गरेको जन कम्यून अहिले कता छ होला ? मलाई सम्झना आयो त्यतिखेरका नमुणा बनेका थिए–सिसिएम विषम(सन्तोष बुढामगर) जसले् आफ्नो सम्पत्ति र आफ्नो स्वामित्वबाट अलग गर्दैस्वामित्व सामूहिक गरेर देखाएका थिए । ���लाई लाग्छ सायद माओवादीहरु  सातौ  बर्षगाँठ मनाएपछिको त्यो जेठ महिना थियो,जनकम्यूनको शुरुवात भनिएको थियो ।थबाङमा कम्यूनको प्रतिवेदनलाई व्यवहारमा उतार्न माओवादीका कार्यकर्तामा पछि लहरझैं चलेको त्यो परिपाटी मलाई अहिले सम्झना आइरहेको छ । सायदै भन्नु पर्ला बर्दीया,दाङ,कैलाली र बाँकेमा हजारौं विगाह जग्गा कब्जा गर्ने माओवादीहरुले थबाङको जन कम्यूून संझिएनन् । पछिल्लो पटकको विप्लव माओवादीले बाँकेमा गोल्छा अर्गनाइजेशनको जमिन कब्जा गरेको भन्ने सुनियो ।

पार्टीका सबै नेता तथा कार्यकर्तालाई सर्वहाराकरण र कम्यूनिकरण गर्न शुरुवात गरेका ति माओवादी केन्द्रिय सदस्य विषम अहिले कता छन ? के सोच्दैछन त्यो त मलाई जनकारी छैन तर विषमको प्रयास मलाई लाग्छ ‘बालुवाको महल’ भयो क्यारे । मिति ठ्याक्कै याद रहेन तर लाग्छ २०६० जेठ १८ गते हो क्यार,थबाङमा ६ वटा परिवार कम्यून परिवार माआवादीबाट घोषणा भएका थिए ।  अन्तिम लक्ष्य साम्यवाद तयगदै कम्यूनको अवधारणालाई पार्टीमा भित्र्याएका ति माओवपादी नेता तथा कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई कत्तिको सर्वहाराकरण गर्नसके त्यो त समयले देखाईरहेको छ , अझैं देखाउँदैजाला पनि अझैं भन्ने हो भने त्यतिखेर कम्यून भित्र्याइएकोमा तत्कालिन कम्यनूका इन्चार्ज प्रताप (जयप्रकाश रोका मगर) लेव्यक्त गरेको त्यो खुसी मेरा नजरहरुमा ताजै छन् । तर त्यही कम्यून भित्ररहेर त्यतीखेर आफ्नो फरक अनुभव थियो,मैले उनको पुरा नाम विर्से क्यार योजना उपनामकी एक महिला कार्यकर्ताले भनेकी थिइन–‘सगंठनमा भन्दा कम्यूनमा अलि बढी व्यबहारीक हुनु पर्दछ ।’

२०६० सालमा शुरुवात गरीएको भनिएको त्यो नेपाली जनकम्यून २०६२ सम्म मात्रैक्रियाशिल रहेको सूचना र जानकारी ममा रहेको छ । माओवादी पार्टीले रु.३० हजारमा रोल्पामा जग्गा खरिद गरीपार्टीको लगानी गरेको माओवादी कैदस्तावेजहरु बोल्दछन् । त्यतिखेर कम्यूनमा सात घरपरिवार आवद्ध थिए क्यार । (तत्कालिन)जनयूद्धलाई अघि बढाउने र नेपाली क्रान्तिलाई प्रति क्रान्तिबाट बचाउन…………….यस्तै केही भन्दथे माओवादीहरु जनकम्यनू शुरु गर्दाका बखत । माओवादीहरुले सहकारी र कम्यूनहरुको स्थापनामा पनि केहि समय खर्चीएको देखाउँदथे तर वास्तवीकता निकै फरक पनि भेटिएका थिए,कतिपय ठाउँहरुमा माओवादीहरु त्यो जनकम्यूनलाई प्रचण्डपथको मौलिक विशेषता भनेर सम्बोधन पनि गर्दथे ।

उसो त सन् १८७१मा कार्लमाक्स र एगेंल्सको उक्त अवधारणा अर्थात कम्यून पेरिसमा लागु भएको मानिन्छ । त्यसपछिको सोभियत सघं जो दोस्रो चरणको कम्यूनको अवधारणाबाट प्रतिपादीत भएको भनिन्छ । फेरी छिमेकी उत्तरी मित्र राष्ट्र चीनमा पनि यसको प्रभाव रह्यो । यो अवधीमा पछाडी परेका सामाजिक उत्पादन पद्धतीका साथसाथै खण्डित गाऊँहरु त्यो भित्र रहेको गरीब किसान परिवारको वरपरको सेरोफेरोमा कम्यून लागु गर्न सकिने सिद्धान्त बनेको देखिन्छ ।  हरेक गतिविधि सामूहीक रुपमा अघि बढाइने गरी मानिस व्यक्तिवाद भन्दा समुहमा सजिलोसªग बाँच्न सक्दछ भन्ने त्यो कम्यूनको सिद्धान्तलाई नेपालमा मालेमावादले भने नसघाएको भनेर नजर अन्दाज गर्न मिल्दैन । तर पछिल्ला वर्षहरुमा माओवादी नेता देखी कार्यकर्ता सम्मको लालचतालाई हेर्ने र देख्नेहरु कसरी विश्वास गर्न सक्लान र ? माओवादी साँच्चिकै सर्वहारा वर्गको मुक्तिकालागि बोल्दछन भन्ने । इस पटक २०७१को जनयुद्ध दिवसमा माओवादीका टुक्रा र मनाइएको फाल्गुन १ को अवस्थालाई हेर्दा त्यो कम्युन कस्तो भयो होला सोच्न बाध्य तुल्यायो ।

माओेवादी नेताहरु त जनकम्यूनको उपलब्धि समेत बताईदिन सक्छन,उनका भाषामा तर नेपाली ती जनता जसका घर,सम्पत्ति र जग्गा जमिन सामन्तिको आरोपमा र कतै त विना कारण कब्जा छन उनीहरु माओवादीको त्यो जन कम्यूनदेखी केही सोध्दै छन,कृपया माओवादी नेतृत्व पक्तिं गम्भिरतापूर्वक जवाफ देऊ । २०६१साल भदौमा रोल्पा जिल्लाको थबाङ क्षेत्रको फुन्टिबाङमा सम्पन्न माओवादीको केन्द्रिय समितिको बैठक पछि माओवादी अध्यक्ष प्रचण्डले २० वर्ष पहिलेको र पछिल्ला वर्षहरुको समीक्षा वर्षहरुको समिक्षा गर्दै रोल्पालाई सम्बोधन गरेको भाषण एउटा निकै रोचक लागेको विषय स्मरण गर्न चाहन्छु, खासगरी मेरालागि ।
समुद्री सतहदेखी करिब २ हजार ५२ मिटरको उचाईमा उत्तरी बेल्ट जलजलाको फेदमा रहेको त्यो थबाङ जहाँ मगरर केही दलित परिवार अहीले पनि दुई छाक खाना खानेगरी सहज जिवन बिताउन पाउँदैनन्,२०४४ जतिबेला (तत्कालिन राजा) विरेन्द्रको भ्रमण त्यस अघिको २०३८ र पछी २०५५ सालको माओवादी चुनाव,२०५७मा माओवादीले तत्कालिन शाहि नेपाली सेनाको उड्दै गरेको हेलिकोप्टरमा गोलि हानेको,२०५८मा चैतमा गरेको सेनाको कारवाही,२०५९ भाद्रको दोहोरो झडप,२०६० श्रावनको घट्ना,२०६० पौष २५ र २०६१ पौष ११का घट्नाहरले थबाङ एउटा ठाऊँ बन्यो तर यही थबाङबाट शुरुवात भएको नेपाली जन कम्यून अहिले कहाँ छ खै ?  कुनै बखतको निकै व्यस्त ब्यापरीक केन्द्रथियो थबाङ जहाँ रुकुम,रोल्पा र प्युठानको ठूलो व्यापार केन्द्र थियो । मौषमी अनुकुलता र प्रतिकुलताले थबाङलाई निकै च्याप्दछ,यतिखेर सेतम्य हिउँले भरीएको हुनुपर्दछ–थबाङ ।Capture

माओवादीको उदगम थलोका रुपमा पनि नाम चर्चित रहेको थबाङ कुनै समय त माओवादीको राजधानी भनेर पनि चिनिन्थ्यो । थबाङ मलाई यसकारण सम्झना रहन्छ जहाँबाट नेपाली कम्यूनको शुरुवात भयो तर कहाँ गएर कता पुगेर हारायो यो भनेमाओवादी नेतृत्वलाई समेत हेक्का रेहेन । यही कम्यूनको शुरुवात भएको थबाङ जसलाइ माओवादी भन्दथे–‘अजम्बरी जन कम्यून’ –थबाङ त्यो थबाङ ।  अब भने थबाङलाई सम्झिदाँ त्यो थबाङको त्यही गाऊँ जहाँको लेकमा आफु तीन दिन बसेर नयाँ नेपालको खाका खीचेको बताउने व्यक्ति अर्थात प्रचण्ड देशको कार्यकारीणी अधिकारसहितको प्रधानमन्त्री भएको बेला हो, एक पटक फेरी स्मरण गर्न भन्दछु,प्रचण्ड ज्यूलाई तपाँइले खिचेको खाका छ की ? थियो की ?………….। पटक पटक मलाई थबाङको नामले त्यही जन कम्यूनको सम्झना दिलाउँद छ । अनि तराइका उर्वर भूमिहरु जो आमेवादीका आसेपासेहरुको कब्जामा बाँधिएको छ, अहिले पनि । मलाई थबाङको नामले कृष्णसेन ‘इच्छुक’ले थबाङको परीचय दिएको कवितका यी पक्तिंहरु सम्झना आउँदछन्–

“साथिहरु,म आज यहाँ नौलो गााऊँँको परिचय दिईरहेको छु,
हुन त त्यस्ता गाँऊ लेकभरी अनि,मधेसभरी थुपै्र छन्
त्यो प्यारो नेपालीवस्तीको नाम
थबाङ हो………..।”

अहिले समयले कोल्टे फरी सकेको अवधीमा फरक सन्दर्भले कामको शिलशिलामा थबाङ पुगेर फर्किएपछी मलाई सरसरती केही सम्झनाहरु याद आए । पछिल्लो पटक २०७० को संविधानसभा समेत वहिष्कार भएको एकमात्र गाऊँ– थबाङ । थाह छैन यसपछीको मलाई थबाङ के होला अनि अबोधको त्यो कालो बादलले गुम्सिएको आकासको छानोमूनिबाट मलाई थबाङ र त्यहाँको शुरुवाती जनकम्युनको यात्राले मलाई भावविह्वल बनाउँछ । लाग्दछ यात्राको दौरान विसाइएका ति पुराना चौताराहरु जो भत्किएका अवस्थामा थिए,अाँफु बस्नु पर्दा टाल टुल भए अनि फेरी त्यही पूनरावृत्त भयो………………….केवल पूनरावृत्त मात्रै । यो हो थबाङका अनि मलाई थबाङको जनकम्यून ।

season.basant@gmail.com