शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस र मधेसी मोर्चाबीच विवादित विषयमा सहमतिबाटै समस्याको निकास पहिल्याउँने समझदारी

  काँग्रेस र लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक :

download (3) MADHESI-MORCHAकाठमाडौ फागुन २९ ,सत्तारुढ दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संविधान निर्माणका विवादित विषयमा वार्ता, संवाद र सहमतिबाटै सबै समस्याको निकास पहिल्याउँने समझदारी बनेकोछ । बैठकपछि दुबै दलका नेताहरूले आजको छलफलमा कतिपय विषयहरू अत्यन्त गम्भीर र सकारात्मक ढङ्गले उठेका र सहमतिको दिसातर्फ उन्मुख भएको प्रतिक्रिया दिएका छन् ।

बैठकपछि नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुँले दुई पक्षबीच कतिपय गम्भीर विषयमा सकारात्मक रूपमा कुराकानी भएको भन्दै वार्ता,संवाद र सहमतिबाटै सबै समस्याको निकास निकाल्नु पर्दछ भन्नेबारे सहमति भएको जानकारी दिनुभएको छ।  त्यस्तै गरि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोर्चाको तर्फबाट राज्य पुनःसंरचना आयोगको प्रतिवेदन र ३० दलीय मोर्चाको धारणा अनुरुप सङ्घीयताबारे विशष छलफल भएको जानकारी दिनुभएको छ ।