शुक्रबार, चैत्र १६, २०८०

एमाओवादीसङग पार्टी एकताको लागि बैद्य माओवादी तयार

काठमाडौ फागन २९,  नेकपा–माओवादीले एमाओवादीसङग प्रक्रिया अगाडि बढाउने र आवश्यक वार्ता एवम् संवाद गर्ने निर्णय गरेको छ । माओवादीले आज एक विज्ञप्ति cpn_maoistप्रकाशित गरी एकता प्रक्रियालाई अगाडि बढाउन आफूहरू तयार रहेको जनाएको छ ।

माओवादीले पार्टी एकताका लागि यसअघि नै छबुँदे प्रस्ताव प्रति एमाओवादीले पनि सकारात्मक जवाफ दिएको सन्दर्भ उल्लेख गर्दै एमाओवादी र माओवादीबीच एकताका लागि विगतदेखि नै प्रक्रिया अगाडि बढिरहेको र दुई पार्टीबीच संवाद पनि सुरु भएको अवस्थामा ठोस परिणाम आउँन आवश्यक रहेको माओवादीका महासचिव रामबहादुर थापाले जारी गर्नुभएको प्रेसविज्ञप्तिमा उल्लेख गरिएको छ ।