शुक्रबार, बैशाख १४, २०८१

मधेसी दलका कारण सहमतिमा संविधान आउनै नसक्ने नेता खड्को दाबी

काठमाडौं माघ २१, नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले  मङलवार नेपाली काँग्रेस क्षेत्र नं ६ नवलपरासीको khumbahadur-khadkaक्षेत्रीय भेलालाई सम्बोधन गर्दै मुलुकमा मधेसी दलका अकमण्र्यताका कारण संविधान निर्माणको प्रक्रिया निर्धारित मितिमा अवरुद्ध हुनुको अलावा अगाडि बढ्न नसको आरोप सहित कुनै पनि हालतमा  सहमतिबाट संविधान आउनै नसक्ने दाबी गर्नुभएको छ ।

सबै राजनीतिक दलले आफ्नो हठ त्यागेर सहमति र प्रक्रिया सँगसँगै अगाडि बढाए मात्र संविधान निर्माणमा सहज हुने भन्दै नेता खड्काले मधेस केन्द्रीत दलहरूले एमाओवादीलाई यो वा त्यो बहानामा उक्साएर सहमतिमा ल्याउन नखोजेको आरोप समेत लगाउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।