बुधबार, बैशाख १२, २०८१

आज प्रश्नावली निर्माण उपसमितिको बैठक पछि समितिको पूर्ण बैठक बस्दै

काठमाडौं माघ २१,  संविधानका विवादित सवालमा प्रश्नावली तयार गर्ने जिम्मा पाएको अग्नीप्रसाद खरेल नेतृत्वको ९ सदस्यीय उपसमितिले हिजो बसेको 40643ecdfcf3ac8836355f8c6ee20e1bउपसमितिको बैठकमा विवादित सवालको आंशिक प्रश्नावली सहितको प्रतिवेदन समितिको पुर्ण बैठकमा पेश गरेको छ । त्यस्तै गरि समितिको बैठकमा   उपसमितिको आंशिक प्रतिवेदनमाथि छलफल भएपनि पुरै प्रश्नावली नआएकोले उक्त प्रतिवेदन माथि आज बस्ने समितिको बैठकले पारित गरेपछि त्यसलाई माघ २२ गते  बस्ने  संविधानसभाको बैठकमा छलफलका लागि प्रस्तुत गर्ने तयारी भएको संविधानसभा सचिवालयले जनाएको छ ।

यसैवीच प्रश्नावली प्रस्ताव उपसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठकले राज्यपुनर्संरचना, शासकीयस्वरुप, न्याय र निर्वाचन प्रणालीलगायतका विवादित विषयमा छलफल गरी प्रश्नावली बनाउने बाँकी काम अगाडि बढाउने भएको छ । उपसमितिको बैठक बिहान ९ बजे  बाटै सिंहदरबारमा बस्नेछ भने उपसमितिको बैठक सकिएपछि समितिको बैठक बस्ने संविधानसभा सचिवालले जनाएको छ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, निक्र्यौल समिति र संविधानसभाको बैठकमा सभासद्हरुले उठाएको विषयवस्तु र अघिल्लो संविधानसभा बैठकका बिभिन्न समितिका निर्णयका आधारमा उपसमितिले प्रश्नावली तयार गर्नेछ ।