शुक्रबार, चैत्र १६, २०८०

एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले संविधानसभाको बैठक बहिष��कार गर्ने

काठमाडौ माघ २१,  एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धन अन्र्तगत १९ दलीय मोर्चाको morcha-meeting-सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले माघ २२ गते बोलाइएको संविधानसभाको बैठकमा विरोधका वावजुद पनि सत्तारुढदलले प्रश्नावली निर्माण प्रस्ताव समिति गठन गरेको भन्दैसमिति गठनको निर्णय नसच्याएसम्म संविधानसभाको बैठकमा भाग नलिने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको आन्दोलनप्रति गरेको टिप्पणीमा असन्तुष्टी प्रकट गरेको जानकारी सहित मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिदै समिति गठनको निर्णय नसच्याएसम्म भाग नलिने निर्णय गरेको जानकारी दिनु भएको हो ।  एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धन प्रश्नावली निर्माण प्रस्ताव समिति गठनको निर्णयविरुद्ध आन्दोलनरत रहदै आएका छन ।