शनिबार, बैशाख १५, २०८१

मधेसवादी दल सहित प्रमुख दलहरुको बैठक आज फेरि बस्ने

काठमाडौं पौष् ९, संविधानका विवादित विषयलाई सम्बोधन गर्न भन्दै प्रमुख दलका बैठक आज पनि बस्ने भएको छ । प्रस्तुत प्रसङगमा नै छलफल गर्न मङगलवार बसेको 3-dall-ko-logoप्रमुख दलका बैठक विना निष्कर्ष टुङगिएपछि आज फेरि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे मधेसवादी दल सहितको सहभागीतमा बैठक बस्ने तयारी भएको सम्वद्ध स्रोतले जनाएको छ ।

आजको बैठकमा विशेषत संविधान जारी गर्न तोकिएको माघ ८ गते नजिकिंदै गर्दा पनि दलहरुबीच शासकीय स्वरुप, राज्यपुनर्संरचना, न्यायप्रणाली तथा निर्वाचन प्रणाली बारेमा रहको विवाद सम्बोधनका लागि अपनाइने प्रक्रियाको बारेमा छलफल गरिने नपाली काँग्रेसका एक नेताले बताएका छन ।