शुक्रबार, बैशाख १४, २०८१

सत्ताघटकवीच छलफल , ओलीले दिए नयाँ त्रुफ, आइतवारदेखि औपचारिक छलफल

काठमाडौं मङसिर १३ , १८ औ सार्क सम्मेलनको समापन सङगसङगै संविधान निर्माको सावलमा देखिएको अवरुद्धतालाइ सम्बोधन गर्ने लक्ष्य 11103अनुरुप सत्तारुढ प्रमुख दुई दल काँग्रेस र एमालेलेवीच शुक्रवार विशेष छलफल भएको छ ।
समचार स्रोतका अनुसार सार्क सम्मेलकोे क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिका अव कसरी अगाडि बढ्ने भन्ने लगायतका केहि थप विषयवस्तुमा केन्द्रीत रहदै भएको उक्त छलफलको क्रममा काँग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला र एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, ईश्वर पोखरेललगायतको सहभागिता रहेको बुझिएको छ ।

त्यस्तै बैठकमा सहमतिको लागि निरन्तर सहमति खोज्दै जाने होकि प्रक्रियागत रुपमा अगाडि बढ्ने वा यि दुवै विकल्प मध्ये कुन उपाय अवलम्बन गर्दा सहज हुन्छ त्यसबारे घनिभूत छलफल भएको बुझिएको छ ।
यसवीच हिजै पत्रकार महासङघ केन्द्रीय प्रतिनिधीमण्डल सङगको साक्षात्करको क्रममा एमाले अध्यक्ष केपी ओलीले सङघीयताको सवालमा सङघीय आयोग बनाएर पनिअघि बढेन सक्ने बताउँदै अगाडि सार्नु भएको प्रस्ताव आफैमा अर्थपूर्ण प्रस्ताव भएको भन्दै प्रस्तुत प्रस्ताव उपर एमाओवादी लगायतका प्रतिपक्षी दलले कस्तो प्रतिक्रिया जनाउँछ हेर्दै अगाडि जाने मनस्थिती नेताहरुले बनाएको थाहा भएको छ ।  त्यस्तै आज पनि शिर्ष नेताहरु संबिधानका विवादित विषयमा सहमति जुटाउने भन्दै अनौपचारिक छलफलमा जुट्ने   र आइतवारदेखि भने औपचारिक छलफल सुरु हुने बुझिएको  छ ।