बिहिबार, बैशाख १३, २०८१

मुलुकको राजनैतिक वृतमा मोदी मन्त्रको प्रभाव, प्रमुख दलहरु संवादका लागि सक्रिय

काठमाडौ मङसिर १३, सार्कको १८ औँ शिखर सम्मेलन लगत्तै मुलुकका प्रमुख राजनितिक दलहरु संवाद र सहमतिका लागि सक्रिय भएका छन् । यसैक्रममा शुक्रवार सत्ताघटक दल काँग्रेस एमालेवीच भएको छलफल पछि आज पनि शिर्ष नेताहरु संबिधानका विवादित विषयमा सहमति जुटाउने भन्दै baburam_harekpal-624x414अनौपचारिक छलफलमा जुटेको सम्वद्ध स्रोतले जनाएको छ ।

यसवीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रको प्रभाव स्वरुप संविधानका अन्तरवस्तुमा सहमति गर्ने, विवादित विषयमा प्रश्नावली बनाउने जिम्मा पाएको संवाद समितिको बैठक सकारात्मक हुने अपेक्षा सहित संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र प्रमुख दलहरु सम्मिलित राजनितिक समितको बैठक बस्दैछ भने एमाओबादी अध्यक्ष प्रचण्ड नेतृत्वको राजनितिक समितिको बैठक पनि भोली दिउँसो नै a:g]  तयारी रहेको बुझिएको छ ।  यसरी मुलुकका  दलहरुवीचको सकारात्मक प्रवृतिलाइ  नेपालका राजनैतिक पण्डितहरुले भने मोदी मन्त्रको प्रभावका रुपमा  अथ्र्याएका छन ।

तर  शुक्रवारदेखि भने दलका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । यसअघि सभामुख सुवासचन्द्र नेम्वाङले मङसिर १० गतेभित्र विवादित विषयमा सहमति नजुटाए तोकिएको मितिमा संबिधान जारी गर्न सम्भव नहुने भन्दै दलहरुलाई सचेत गराएका थिए । यसैगरी भोली नै बस्न लागेको प्रमुख दलका शिर्ष नेताहरु सम्मिलत राजनितिक समितिको बैठकमा पनि विवादित बिषयमा छलफल हुनेछ । राजनितिक समितिको नेतृत्व प्रचण्डले पाएपछि पहिलो चोटी बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ । यसअघि बोलाइएका बैठक काँग्रेस एमालले बहिष्कार गरेका थिए ।