सोमवार, चैत्र १३, २०७९

विवादित विषयहरुमा साझा धारणा बनाउँ दलहरुबीच आज निर्णायक वार्ता हुँदै

वार्ता आफैमा निष्प्रभावी हुने संभावना पति त्यतिकै

काठमाडौ कात्तिक १४, संविधानसभाले दलहरूलाई संविधानका विवादित प्रसङगमा सहमति बनाउन तेस्रो पटक कात्तिक १५ गतेसम्मका लागि दिएको म्यादको 3-dall-ko-logoसमयसिमा अन्तिम अन्तिम तिर आइपुग्दा सहमति खोज्न भन्दै शान्ति कोषको सचिवालय बबरमहलमा विहिवार विवादित प्रसङगमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठकमा एमाओवादीले प्रधानमन्त्री सुशील कोइरालाको उपस्थिति अनिवार्य रहको भन्दै नयाँ बखेदा गरे पछि बिनानिष्कर्ष टुङगीएको उक्त बैठक आज अपरान्ह फेरि बस्ने भएको छ।

आज बस्ने प्रमुख तीनदलवीचको बैठकमा नयाँशिराबाट छलफलको सुरवात गदै निर्णायक छलफल गर्ने र यसवीचमा पनि सहमति हुन सकेन भने प्रक्रियागतरुपमा जानको लागि सहमति जनाउँनुपर्नेमा दलहरु लागि परेका छन । र यस अघि प्रक्रियागत भन्दा पनि सहमतिकै मार्गमा जानका लागि दलहरुले पहिले अलग अलग दुईपक्षीय छलफल र त्यसपछि सयुक्त तीनदलको छलफलमा जुट्ने तयारी गरेका छन ।  त्यस पछि आजै दिउँसो ४ बजेपछि बस्ने तीनदलको बैठकमा संघियता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायाप्रणालीका विषयमा मसिनो प्रारुपमा छलफल गर्दै सङघियतामा जाँदै गर्दा काँग्रेस, एमाले र एमाओवादीले गरेको प्रदेशको प्रस्तावमा हदैसम्मको लचकता अपनाइ साझा प्रस्तावमा पुग्ने तयारी पनि दलहरुवीच भएको थाहा भएको छ ।

यदि आज र भोलि पनि दलहरुले यो वा त्यो बfहनामा कुरा एक व्यवाहर अनेक गर्दै अगाडि बढ्दै छलफलबाटै सहमति नखोजे विवादित प्रसङगको टुङगो लगाउँन प्रक्रियामा जानुपर्ने हुन्छ । यसअर्थमा पनि दलहरुले सहमतिय प्रक्रियाबाट संविधान बनाउँन चाहेको हो भने तीनदलको बैठक बस्नु अघिनै विवादित विषयहरुमा साझा धारणा बनाउँनु पर्ने हुन्छ ।   तर यसअघि दलहरुले देखाउँदै आएको रवैया र यसअघिनै काँग्रेस र एमालेले सहमति  नभए प्रक्रियागतरुपमा अगाढि बढ्ने मनस्थिती बनाइसकेको पक्षलाई   हेर्ने हो भने निर्णायक छलफल भनिएपनि छलफलबाट  दलहरुले साझा  सहमति बनाउँने पक्ष आफैमा निष्प्रभावी  हुने संभावना पति त्यतिकै रहेको देखिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930