शुक्रबार, चैत्र १६, २०८०

सहमति समितिका सभापति डा. भट्टराई र राप्रपा नेपाल लगायतका दलहरुवीच छलफल

काठमाडौ कात्तिक १३, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले समितिको कार्यालय सिंहदरबारमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसङग संविधान baburam-bhattaraiनिर्माणका विविध पक्षबारे अनौपचारिक छलफल गरेको छ ।  त्यस्तै समितिका सभापति डा. बाबुराम भट्टराईले आजै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मालेका महासचिव सिपी मैनाली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे सँङग परामर्श गर्नुभएको छ ।

 छलफलपछि समितिका सभापति सभापति भट्टराईले आजको छलफलमा नेताहरुले दिएको सुझाव सहित प्रमुख तीन दलबीचको छलफलमा पनि राखिने जानकारी दिदै प्रस्तुत मुद्धामा शुक्रबार बस्ने संवाद समितिको बैठकले औपचारिक निर्णय गर्ने जानकारी दिनुभएको छ ।  संवाद समितिको अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने बताइएको छ ।