बिहिबार, चैत्र १५, २०८०

सहमतिविना संविधान निर्माण प्रक्रिया अगाडि बढ्न नसक्ने मोर्चाको ठहर

काठमाडौ   कात्तिक १४,  एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाको एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले     सहमतीय प्रक्रियाभन्दा morcha-meeting-बाहिर गएर संविधान निर्माण प्रक्रिया अगाडि बढ्न नसक्ने ठहर गरेको छ ।

बैठकमा सत्ताधारीदल काँग्रेस र एमाले सहमयि न्दा पनि प्रक्रियागत रुपमा अगाडि बढेने पक्ष्म रहेको निष्कर्ष पहिल्याउँदै  मोर्चाले यस्तो ठहर गरेको हो  ।  त्यस्तै सहमति बेगर  संविधान जारी गर्नकै लगि विषयमा आ–आफ्नो अडानमात्रै प्रस्तुत गर्ने र समाधानको कुनै पनि विकल्प ननिकाल्ने प्रवृत्ति  देखिएको पनि   मोर्चा आवद्ध नेताहरुले  उठाएको बुझिएको छ ।

त्यस्तै बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन दलका बीचमा भएका वार्ता र संवादका क्रममा भएका गतिविधिका बारेमा जानकारी गराउँनुदै गर्दा बैठकमा सहभागी अन्य नेताहरुले   संविधानका विवादित विषयमा कुनै पनि सहमति हुन नसकेको अवस्थामा   असहमतिको प्रतिवेदन तयार पार्ने वा अन्य कुनै विकल्पबाट समाधान गर्न भन्ने विषयमा नितिगत निर्णय गरेको बुझिएको छ ।