शुक्रबार, बैशाख १४, २०८१

अख्तियारको निर्देशन पछि व्यावसायिक सटरको बोलपत्र आह्वान

बुटवल कात्तिक २ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनमा लुम्बिनी अञ्चल अस्पतालका व्यावसायिक सटरको टेन्डर आह्वान भएको छ । अस्पतालका butwalव्यावसायिक सटरको टेन्डर आह्वान प्रक्रियामा गए पछि बोलपत्रमा अस्पतालले अहिलेसम्म व्यवसायीबाट प्राप्त गर्दै आएको भाँडाभन्दा पाँच गुणा बढी भाडा प्राप्त गर्ने देखिएको छ ।

यसअघि अस्पतालले ७३ सटरहरूबाट वार्षिक रु एक करोड ११ लाख आम्दानी गर्दै आएको थियो अब बोलपत्र प्रक्रियाबाट सटर भाडामा लगाउँदा वार्षिक आम्दानी करिब रु पाँच करोड पुग्ने देखिएको छ । अस्पतालमा परेका बोलपत्रहरू रीतपूर्वक बढिबढाउ मूल्यका आधारमा खुलाउँदा औसत एक सटर बराबर अस्पतालले अब मासिक रु ३७ हजार आम्दानी गर्नेछ । अस्पतालका ७३ सटरका लागि दुई महिनाको अवधिमा ६२५ टेन्डर दर्ता भएको अस्पतालसेतलाइ उदृत गर्दै प्रापत समाचारमा उल्लेख गरिएको छ ।