शनिबार, बैशाख १५, २०८१

नयाँ नेपाल निर्माणमा महिलाको भूमिका

10269495_545102092264950_1962514947653414765_n (1)– सन्तु श्रेष्ठ  

            समय बदलिँदो छ । मानिसहरुको मानसिकता र सोच्ने शैली फेरिएको छ । केहि दशक अघि सम्मका अनेकौं मूल्यमान्यता परिवर्तन भएका छन् । समाजमा पुरुषको भूमिका र महिलाको स्ट्याटसमा उल्लेखनीय परिवर्तन आएका छन् । केहि वर्ष पहिलेसम्म अकल्पनिय जस्तो लाग्ने कतिपय सामाजिक, आर्थिक, राजनैतिक एवम् सांस्कृतिक उत्तरदायित्व महिलाले सहजै र अझ प्रभावकारी ढंङगबाट निर्वाह गर्न थालेका छन् । यसले गर्दा पनि राज्य र समाजका विभिन्न निर्णायकतहमा उनीहरुको पहुंँच तुलनात्मक रुपमा बढेको छ ।

महिलालाई बढी भन्दा बढी अवसर दिइनु पर्छ भन्ने मान्यता स्थापित भैसकेको छ । त्यसो त संयुक्तराष्ट्संघले आफ्ना सवै सदस्य देशहरुलाई यो नीति प्रभावकारी ढंङगले अबलम्वन गर्न जोडदार आग्रह समेत गरको छ । यो नीति र यसका साथै तीब्र गतिमा बदलिइ रहेको “महिला—मैत्री“ सामाजिक सोचहरुकै परिणाम भन्नु पर्छ, हाल विश्वकै महिलाहरु अधिकतम् अवसर पाउन र विविध भूमिका निर्वाह गर्न सक्षम हुदै गएका छन् । खुशीका कुरा यी अवसर र भूमिका नेपाली महिलाले पनि निर्वादरुपमा निर्वाह गर्ने अवसर पाएका छन् ।

समाजको आर्थिक स्तरोन्नति संङंगै विविध समस्या नयाँ रुपमा देखा परेका छन् । यसै क्रममा आफूले प्राप्त गरेको अवसर र भूमिकासंगै महिलाले आफनै जीवनमा अन्य चुनौतिको पनि सामना गर्नु परिरहेको छ । कतिपय अवस्थामा स्वभावजन्य कुरा जस्तो लाग्छ भने कतिपय अवस्थामा आफनो वरिपरिका वातावरणले सिर्जना गरिदिएको हुनसक्छ । वास्तवमाभौतिकताकाउखरमाउलो चाप र उपभोक्तावादको प्रभावलाई नै अवसर र चुनौतिमाआधारित समस्याको जरो मान्ने गरिएको छ । जीवन शैली, खानपान, उठ्बस एवम् सोच्ने तौरतरिका आदिले पनि मानसिकतालाई उत्तिकै असर पुर्याइरहेको हुन्छ ।

naya-nepal
अहिले नेपाली समाजमापनि निकै ठूलो परिवर्तन देखा परेको छ । फलस्वरुप शिक्षामा महिलाको पहुँच सहज बन्नपुगेको छ । यति हुंदाहुंदै पनि सामाजिक अर्थात घर भन्दा बाहिरको क्रियाकलापमा समस्या छ । त्यसो हुनुमा समाजमा विद्यमान नकरात्मक सोच जिम्मेवार छ । हुन त महिलाले पनि केहि गर्न सक्छन् भन्ने जनमतनिर्माण नभएको होइन तर त्यो यथार्थमा व्यवहारमा देखापर्न सकेको छैन् । छोरीहरुले पढ्न पाउन,जागिर खानपाउन तर त्यस भन्दाबाहिर वा चुनौतीपूर्ण कार्य क्षेत्र नअङगाले हुन्थ्यो भन्ने सोच अझै पनि हट्न सकेको छैन । जागिर खाने थलोमाहोस वा घरपरिबारमा त्यस माथि पनि महिलाको दोहोरो भूमिका त्यत्तिकै चुनौतिपूर्ण छ । महिलाको शारीरिक र जैविक संरचनालाई नै देखाएर समाजमा महिलाहरु आफनो करियर निर्माणमा पुरुषजतिको सक्रियहुन सक्दैन भन्ने पुरुष मानसिकता समस्याकै विषय हो ।

हाम्रो जस्तो पूरातन शोचबाट ग्रस्त समाजमा महिलाका सामु विभिन्न सामाजिक बाधा-व्यवधान विद्यमान छन् । तिनका समाधानका लागि आफूमा आत्मविश्वास र दृढ इच्छाशक्ति हुनु पर्छ । सङंगठित रुपमा समाज रुपान्तरणमा सकारात्मक सोच सहित महिलाहरु क्रियाशील हुन सक्ने हो भने आजको स्थितिमा अरु परिवर्तन देख्न सकिन्छ । नयां नेपाल निमार्णकालागि यस्तो प्रयास आवश्यक पनि छ । त्यसो भएमा मात्र महिलाहरुले चुनौतिलाई केहि हद सम्मपार लगाउन सक्छन् ।

-लेखिका स्थानीय निकाय केन्द्रीय कर्मचारी संङघ नेपालका सचिवालय सदस्य हुनुहुन्छ ।