शुक्रबार, बैशाख ७, २०८१

नेतृत्व लिने तयारीका साथ चुनावी अभियानमा सरिक भएको छु: विन्दुुकान्त घिमिरे, अध्यक्षका प्रत्याशी

नेपाल प्रेस युनियनको महाधिबेशनको तयारी कस्तो छ?

268240_423431541041990_1086303252_nयही भदौ २१ र २२ गते पर्यटकीय सुन्दर नगरी पोखरामा नेपाल प्रेस युनियनको आठौं महाधिबेशन हुन गइरहेको छ । नेपाल प्रेस युनियन करिव ७ हजार
श्रमजीवि पत्रकार आबद्ध रहेको संस्था हो । माहधिबेशन तयारीका लागि सबै धमाधम काम भइरहेको मैले सुनेको छु । मलाई प्राप्त जानकारी अनुसार हालसम्म ६९ जिल्ला तथा सबै प्रतिष्ठान साखा अबिधेशन सम्पन्न भइसकेको छ । पोखरा महाधिबेशनमा करिव १२ सय   प्रतिनिधि सहभागि हुनेछन् ।

प्रेस युनियको महाधिबेशनमा सँधै भाँडवैलो हुने गरेको छ , यस पटक पनि त त्यस्तै हुने त होला नी ?

सँधै भाँडवैलो भएको भन्ने तपाँइको प्रश्न अलि मिलेन । अहिलेसम्म सम्पन्न भएका छ वटा महाधिबेशन मध्ये तीन वटामा मात्रै भाँडभैलो भएको हो । पाल्पामा सम्पन्न पहिलो, दाङमा सम्पन्न तेश्रो र इटहरीमा सम्पन्न छैठौं महाधिबेशनमा भााडभैलो हुँदा साथीहरुले सहज रुपमा नेतृत्व चयन गर्न पाउनु भएन । होइन भने वीरगञ्जमा सम्पन्न दोश्रो, लाहनमा सम्पन्न चौथो र पोखरामा सम्पन्न पाँचौं महाधिबेशनमा निकै सहज र निष्पक्ष डङगले चुनाव सम्पन्न भएको छ । मलाईलाग्छ यस पटक पाल्पा, दाङ र इटहरी प्रकरण दोहोरिने छैन ।

तपाँइ पनि उमेदवार हो की रु

साथीहरुले धेरै पहिले देखि मेरो नाम चर्चामा ल्याउनु भएको छ । एक कार्यकाल केन्द्रीय सदस्य, एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल महासचिव भइसकेको तपाँइ जस्तो मान्छेको खाँचो प्रेस युनियनलाई छ भनेर धेरै साथीहरुको टेलिफोन आइरहेको छ । साथीहरुको यो आग्रह अस्वीकार गर्ने पक्षमा म छैन । आप्mनो अनुभव र क्षमतालाई पूर्णरुपमा सदुपयोग गर्दै नेपाल प्रेस युनियनको आगामी नेतृत्व लिने तयारीका साथ चुनावी अभियानमा सरिक भएको छु ।

उमेदवारहरुको भीड त ठुलै छ जस्तो देखिन्छ नी ?

अहिले धेरै साथीहरुको नाम आइरहेको छ । लोकतन्त्रमा आस्था राख्ने श्रमजीवि पत्रकारहरुको एकमात्र साझा संस्था भएका कारण नेपाल प्रेस युनियनमा निकै आर्कषण छ । नेतृत्वका लागि एक से एक योग्य साथीहरु ह्ुनुहुन्छ, संघर्षमा खारिएका साथीहरु हुनुहुन्छ । त्यसैले धेरैको नाम चर्चामा आएको हो तर मलाई लाग्छ अन्तिमसम्म बढीमा चार जना साथीहरु मैदानमा रहनु हुनेछ ।

नेपाली कांग्रेसमा त दुइवटा मात्रै लवि छन् , अनि चार जना उमेदवार कसरी हुन्छन् त ?

नेपाली कांग्रेसको आन्तरिक राजनीति नबुझनेले गर्ने पश्न जस्तो भयो तपाँइको यो प्रश्न । ६० र ४० को भागवण्डाका आधारमा कांग्रेस चलेकोले सबैले स्पष्ट रुपमा दुइवटा लवि देखेकाछन् तर यो लविको छाँया अहिलेसम्म प्रेस युनियनमा परेको छैन । प्रेस युनियनमा आबद्ध अधिकांश साथीहरु श्रमजीवि पत्रकार हुन् , कलमजीवि पत्रकारहरु हुन् । श्रमजीवि र कलमजीविलाई कुनै नेताको पुच्छर समाएर संगठन गर्नु जरुरी छैन । केही परजीवि हरुले भने म फलानो नेताको मान्छे, म ढिस्कानो नेताको मान्छे भनेर आफुलाई उभ्याएका छन् भन्ने मैले पनि सुनेको छ । तर नेपाली कांग्रेसका नेताहरु यति मुर्खछैनन् की प्रेस युनियनको नेतृत्वमा गैर पत्रकारलाई पु-याउन, परजीवि पत्रकारलाई साथ देउन । प्रेस युनियन जस्तो विशुद्ध श्रमजीवि तथा कलमजीविको संस्थामा परजीविलाई पु-याउने मुख्र्याइ कुनै नेताले गरेभने तिनको राजनीति पनि समाप्त हुन्छ । मलाई लाग्छ प्रेस युनियनको आगामी महाधिबेशनमा नेताहरुले कुनै हस्तक्षेप गर्ने छैनन् ।

तपाँइको नाम पनि वरिष्ठ नेता शेरबहादुर देउवासँग जोडिएको छ नी ?10325666_801485393225560_8610792727340148171_n

यसमा आश्र्चय मान्नु पर्ने कुरा केही छैन । उहाँ माथि पार्टीद्धारा अन्याय हुँदा मैले धेरै नै कलम चलाएको हुँ । अन्यायको बिरुद्ध कलम चलाउने पत्रकारको धर्म नै हो । न्यायको पक्षमा कलम चलाउने बाचा गर्दै म पत्रकारिता पेशामा सरिक भएको हुँ । तर पछिल्लो समयमा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले वरिष्ठ नेता देउवा माथि गरिएको अन्याय सच्याइसक्नु भएको छ । पार्टी विभाजन हुँदा म प्रेस युनियनको उपाध्यक्ष थिँए । प्रेस युनियनलाई फुट्बाट जोगाउन मैले धेरै नै मिहेनत गरें । पार्टी दुइवटा थियो । प्रेस युनियन चाँही दुवै पार्टीको साझा चौतारी जस्तो थियो । पोखरामा सम्पन्न पाँचौ महाधिबेशनमा समीरजङ शाह अध्यक्ष र म महासचिव निर्वाचित भएका थियौं । हामी दुवैको नाम देउवासँग जोडेर प्रचार भएको थियो । त्यतिबेला नेपाली कांग्रेस दुइवटा थियो । तर गिरिजाप्रसाद कोइरालाले सबै भन्दा ठुलो सौहार्दता प्रेस युनियनका कुनै समिति प्रति प्रकट गर्नु भएको थियो भने त्यही समिति प्रति गर्नुभएको थियो । त्यसैले मलाई लाग्छ कसैलाई कुनै नेतासँग जोडेर मुल्याङकन गर्नुजस्तो तुच्च काम अर्को हुन सक्दैन । त्यसमा पनि देउवा र मेरोबीचको संबन्ध भनेको वरीष्ठ लोकतन्त्रवादी नेता र ग्रासरुटको श्रमजीवि पत्रकारबीचको सम्वन्ध हो । मेरो यस्तो सम्वन्ध गणेशमान सिंह सँग पनि थियो। कृष्णप्रसाद भट्टराई गिरिजाप्रसाद कोइराला र महेन्द्रनारायण निधिसँग पनि थियो । तर यी नेताहरुसँगको सवन्धलाई मैले कहिल्यै दुरुपयोग गरिन ।

तपाँइले चुनावमा देउवाको आर्शीवाद त पाउनु होला नी ?

हामी जो जो चुनाव लड्दै छौं सबै नेपाली कांग्रेस प्रति सद्भाव राख्ने साथीहरु छौं । जसले चुनाव जितेपनि लोकतन्त्र नै बलियो हुने हो । देउवा स्वयं पार्टीबाट पटक पटक अन्यायमा परेको अनुभवि नेता हुनुहुन्छ । अन्यायको पीडा कस्तो हुन्छ उहाँलाई राम्रोसँग हेक्का छ । गिरिजाप्रसाद स्वयंले नभएर गिरिजाप्रसादको वरिपरि रहेका परजीवि किर्नाहरुले आफुमाथि अन्याय गरेको देउवाले राम्रोसँग थाह पाउनु भएको छ । देउवाको ढोकामा मात्रै होइन , आर्शीवाद चाहियो भनेर म कुनै नेताको ढोकामा गएको छैन् । प्रेस युनियनको अध्यक्ष बन्नकैलागि कुनै नेताको ढोका कुर्नुपर्ने अबस्थामा भगवानले मलाई नपु-याउन ।

चुनाव लड्न त ठुलै साधन स्रोत चाहिन्छ कसरी जुटाँउदै हुनुहुन्छ रु

यही प्रश्न सोधेर मेरी ८ वर्षकी छोरी आयोजनाले मलाई स्तव्ध बनाईन । श्रमजीवि पत्रकारको आम्दानीको अवस्थाबारे छोरा छोरीलाई कलिलै उमेरमा थाह नहोस भन्ने मैले चान्थे । मेरो छोरो १३ वर्षको छ । पुरै अपाङग भएकोले उसलाई मेरो आम्दानी बारे थाह छैन । तर छोरीले भने भरखर भरखर थाह पाइछे । घरमा जाने साथीभाइ इष्टमित्रले ल्याइदिएको चकलेट उनले नखाइकन खुत्रुकेमा जम्मा गरेर राखेको देखेपछि मैले सोधेँ– तिमिलई चकलेट मन पर्दैन रु उनले उल्टै प्रस्न गर्दै भनिन्, हजुरको तलव थोरै हुन्छ रे , ऋण तिर्न पनि पुग्दैन रे, मेरो ह्याप्पी वर्थ डे मा हजुरसँग पैसा माग्दिन, साथिहरुलाई यही चकलेट बाँढ्छु ।’ छोरीको यो जवाफले म अवाक्क भएँ । म मात्रै होइन श्रमजीवि र कलमजीवि पत्रकारहरुको बास्तबिक स्थिति यही हो । बास्तबमा म जस्तै नेपालका श्रमजीवि पत्रकारहरुले पाउने पारिश्रमिकले सामान्य घर खर्च चलाउन पनि धौ धौ हुन्छ । मलाई मत दिने पनि यस्तै श्रमजीवि साथीहरुले हो । चुनाव जित्न पैसा खर्च गर्नुपर्छ, दारु खवाउनु पर्छ भन्नु श्रमजीवि साथीहरु प्रति उपाहास गर्नु हो । पत्रकारितालाई सहायक पेशा बनाएर मुख्य पेशा अरुनै गर्ने साथीहरुको चाँही राम्रै अबस्था छ । तर यस्ता साथीहरुलाई नेतृत्वमा पु¥याउनु प्रेस युनियनको हितमा छैन भन्ने कुरा सबैले बुझेकाछन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031