शुक्रबार, बैशाख १४, २०८१

एमाले अध्यक्ष ओली र एमाओवादीका नेता डा.भट्टराईबीच विशेष भेटवार्ता

भक्तपुर असोज ९, संविधानका विवादित विषयमा सर्वमान्य सहमति बनाउने लक्ष्यका साथ जुटाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र OLI_Bhattaraiएनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईबीच आज बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

भेटको क्रममा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति भट्टराईले ओलीलाई विवादित विषयमा तत्काल सहमति जुटाउन र छिटे भन्दा छिटो १२ औ पटक व्यवस्थापिका संसदको बैटक अवरुद्ध भइसकेका कारण संविधान लेखन प्रक्रिया समेत प्रभावित भएको भन्दै प्रस्तुत मुद्धामा निकासका लागि पहल गर्नु भएको समाचार स्रोतले जनाएको छ ।

त्यस्तै अध्यक्ष ओलीले डा भट्टराईलाई सहमति कायम गर्ने र अवरुद्ध संसद सूचारु गर्न आफ्नातर्फबाट सक्दो पहल गर्ने बताउनुभएको स्रोतले जनाएको छ ।