शुक्रबार, बैशाख १४, २०८१

संसदमा हुँदै आएको गतिरोध लगायतका सवालमा सत्ताघटकका नेताहरुवीच छलफल 

भक्तपुर असोज ११, मुलुकको पछिल्लो राजनैतिक अवस्थाका सवाललाइ लिएर सत्तारुढदलका नेताहरुवीच विशेष छलफल भएको छ । नेकपा KP(एमाले)का अध्यक्ष केपी ओली निवास बालकोटमा भएको उक्त छलफलमा नेपाली काँग्रेस नेताहरू क्रमस काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री पूर्णबहादुर खड्का र वन मन्त्री महेश आचार्य र एमालेको तर्फबाट एमाले अध्यक्ष ओली ,उपाध्यक्ष विद्यादेवी भण्डारीको उपस्थिती रहेको थाहा भएको छ ।

समाचार स्रोतका अनुसार करिव १ घण्टाको हाराहारीमा चलेको उक्त छलफल मुलत संसदको विद्यमान गतिरोध एवम् निर्धारित मितिमा संविधान जारी गर्ने सवालमा केन्द्रीत रहेको भनिएपनि एमाओवादी लगायतका प्रतिपक्षी दलहरुले माग गर्दै आइरहेको ४ बुँदे सहमतिको कार्यान्वयन सहित उनिहरुले भने जस्तो एमाओवादी अध्यक्ष प्रचन्द्रलाइ उच्चस्तरिय राजनैतिक समितिको संयोजक बनाउँदा हुनसक्ने प्रभावित पक्ष लगायतका विषयमा समेत केन्द्रीत रहेको बुझिएको छ ।