बिहिबार, बैशाख ६, २०८१

माघ ८ भित्र संविधान जारी हुने बलियो आधार तयार भएको काँग्रेस महामन्त्रीद्धयको दावी

काठमाडौं असोज ९, बडादसैं तथा दीपावलीको अवसरमा नेपाल दलित संघले विहीबार विहान राजधानीमा गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेपाल सरकारका उपप्रधानमन्त्री तथा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले संविधान जारी गर्ने गरी दलहरुबीच सहमति कायम गर्न हरसंभव प्रयास भइरहेको जनाउँदै कांग्रेस २०७१ माघ ८ भित्रै संविधान जारी गर्ने पक्षमा प्रतिवद्ध भएको बताउँनुभएको छ ।

त्यस्तै कार्यक्रममा सहभागी , अर्का काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिलल्लो समयमा दलहरुवीच संविधान जारी गर्न पक्षमा देखिएको लचकता र संविधानसभाको संवैधानिक राजनीतिक संवाद समितिले संविधाको अन्तरवस्तुमा रहदै आएको विमतिलाइ सहमतिमा रुपान्तरण् गर्न गरेको प्रयासलाइ हेर्ने हो भने पनि माघ ८ भित्र संविधान जारी हुने बलियो आधार तयार भएको बताउनु भएको छ। ।  कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा लगायतले दलित अधिकारको विषयलाई नयाँ संविधानले ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031