शुक्रबार, बैशाख १४, २०८१

एमाओवादीले नयाँ संविधान जारी गर्न चाहेका छैन : अध्यक्ष ओली

ठमाडौं भाद्र २५, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ८ गतेभित्र संविधान जारी गर्नेे सयमसीमा कुनै हालतमा पनि नघाउन नहुने kp-sharma-oliबताउनुभएको छ । एमाले संसदीय दलको आज  बसेको बैठकमा उहाँले तीनदलसहित नेकपा–माओवादीसँग संविधान लेखनका विवादित विषयमा सहमति जुटाउने प्रयास भइरहेको जानकारी दिँदै माघ ८ भित्र संविधान कनैपनि हालतमा जारी गर्नैपर्ने बताउनुभयो ।

संसदीय दलका नेतासमेत रहनुभएका ओलीले यही भाद्र मसान्तसम्ममा नेकपा–माओवादीलाई सर्वदलीय बैठकमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको तर एमाओवादी र निर्धारित मितिमा एमाओवादीले नयाँ संविधान जारी गर्न नचाहेको आरोप लगाउनुभयो । यसैवीच अध्यक्ष ओलीले पार्टीको प्रमुख सचेतकको जिम्मेवारी सभासद्  अग्नि खरेललाई दिनुभएको छ ।आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले खरेललाई सो जिम्मेवारी दिनुभएको हो ।